सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ, असार २९ । शुक्रबार रिलिज भएको फिल्म ‘सानो मन’ले शनिबार धेरै दर्शकको साथ पाएको छ । फिल्मले एकल प्रदर्शनको अवसर पाएको थियो ।
बिहिबार गरेको फिल्मको प्रिमिएरमा प्रिमिएरमा दर्शकबाट सकारात्मक प्रतिक्रिया पाएको कारण फिल्मको व्यवसाय सोचेभन्दा राम्रो भएको निर्देशक सुयोग गुरुङले जानकारी दिए ।
शनिबार दर्शकको प्रतिक्रिया बुझ्न अभिनेता आयुष्मान देशरमज जोशी, अभिनेत्री शिल्पा मास्के सहित निर्माण युनिट राजधानीको बिभिन्न चलचित्र भवनमा पुगेका थिए । यसैक्रममा, अभिनेता जोशीले दर्शकले फिल्मको बारेमा राम्रो प्रतिक्रिया दिएको बताए । उनले भने, ‘अब माउथ पब्लिसिटीले पनि दर्शक बढ्छन् होला ।’
यस फिल्ममा अभिनेता आयुष्मान देशराज जोशी, सक्षम सुवेदी, शिल्पा मास्के, गौरी मल्ल, विशाल पहारी, रश्मी भट्ट, शिशिर वाङदेल, देव कुमार श्रेष्ठ लगायतका कलाकारहरुले अभिनय गरेका छन् । उक्त फिल्मले म्यूजिकल लभ स्टोरी बताइएको छ ।
फिल्ममा योगेश गुरुङ, राजीव श्रेष्ठ, रमेश के. मित्तल र राजेन्द्र मानन्धर निर्माता रहेका छन् । ओ.पि.जी फिल्मस, ए प्लस इन्टरटेन्मेन्ट र हाई टेक इन्टरटेन्मेन्टको संयुक्त लगानीमा बनेको फिल्म हो ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा