सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
झापा, असार २६ । झापाको दमक नगरपालिका ५ स्थित पुरानो पाथीभरा एफएम छेउको भित्री सडक खण्डमा बुधबार बेलुका मे ३ प ४३०५ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको छ भने, चालक घाइते भएका छन् ।
मृत्यु हुनेमा दमक नगरपालिका ५ बस्ने ४० वर्षीय पुष्कर भुजेल रहेको प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए।
मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएका भुजेललाई उपचारका लागि न्युरो हस्पिटल विराटनगर पठाइएको प्रहरीले जनाए । प्रहरीका अनुसार उनको उपचारको क्रममा सोही हस्पिटलमा बिहीबार बिहान मृत्यु भएको हो ।
दमक ५ बस्ने मोटरसाइकल चालक २२ वर्षीय नवीन राईसमेत लाइफ लाइन अस्पताल दमकमा उपचार भइरहेको इलाका प्रहरी कार्यालयले जानकारी दिए ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा