सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ, असार २४ । सिंहदरबारमा भएको छलफलपछि नेपाल पत्रकार महासंघले आन्दोलन फिर्ताको घोषणा गरेको छ ।
यसै छलफलका क्रममा पत्रकार महासंघ र सत्ताधारी नेपाल कम्युनिस्ट पार्टीका संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङ, सांसद योगेश भट्टराई, नेकपाका महासचिव विष्णु पौडेललगायतका अधिकारीबीच पत्रकार महासंघले आन्दोलन फिर्ताको घोषणा गरेको हो।
पत्रकार महासंघले मिडिया काउन्सिल विधेयकमा असन्तुष्ट रहेको थिए । यसैगरी, सरकारले ल्याएका मिडियासँग सम्बन्धित विधेयकमा आवश्यक सुधार गर्नुपर्ने विषय संशोधनमार्फत सुधार्ने सहमति भएको उक्त छलफलमा सहभागी नेकपाका सांसद यागेश भट्टराईले जनाए ।
‘आन्दोलनरत पत्रकार महासंघका पदाधिकारी विधेयकमा रहेका विषयलाई संशोधन र आपसी छलफलबाट सुधार गर्नसकिने कुरामा विश्वस्त हुनुभयो र आन्दोलन स्थगित भएको हो।’ उनले भने,।
सरकारले आगामी दिनमा मिडियासँग सम्बन्धित विधेयक ल्याउँदा पत्रकार महासंघ लगायतका सम्बन्धित पक्षसँग छलफल गर्ने भट्टराईले जनाए ।
यसैगरी, महासंघका अध्यक्ष गोविन्द आचार्यलाई ध्यानाकर्षण पत्र प्रदान गरेको नेकपा राष्ट्रियसभामा मुख्य सचेतक खिमलाल भट्टराईले बताए ।आचार्यले त्यसपछि आन्दोलन फिर्ता भएको घोषणा गरेका थिए।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा