सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
पाकिस्तानबाट आयातीत बस्तुहरुमा २०० प्रतिशत शुल्क लगाउने प्रस्ताव सोमवार भारतीय राज्यसभाबाट पारीत भएको छ । उच्च सदनले दाल, बोरिक एसिड र निदान तथा लेब्रोटरी रीजेट्समा पनि सामान्य सीमा शुल्क (बीसीडी) बढाउने प्रस्तावलाई मञ्जुरी दिएको हो ।
प्रस्तावमा दालमा बीसीडी ४० प्रतिशत बढाएर ५० प्रतिशत पुर्याउने माग गरिएको थियो । बोरिक एसिडमा सीमाशुल्क १७.५ प्रतिशतबाट बढाएर २७.५ प्रतिशत हुनेछ । यता, निदानका सामानहरुमा शुल्क २९ प्रतिशतबाट बढाएर ३० प्रतिशत हुनेछ ।
पहिलो प्रस्तावमा सीमाशुल्क अधिनियम १९७५ को पहिलो अनुसुचीको अध्याय ९८ अन्तर्गत नयाँ शुल्क बस्तु समावेश गर्नको लागी फेब्रुवरी २०१९ मा जारी अधिसुचनालाई मञ्जुरी प्रदान गर्ने माग गरियो जस अन्तर्गत पाकिस्तानबाट आयातित सबै बस्तुहरुमा सीमाशुल्क बढाएर २०० प्रतिशत गर्ने प्रस्ताव गरिएको छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा