सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ, असार २३ । मुख्यमन्त्री शेरधन राईले जुलाई ५ देखि ७ सम्म सञ्चालन हुने नेपाली राष्ट्रिय सम्मेलनको उद्घाटन गरेका छन् । उक्त उदुघाटन कार्यक्रमको समय.लिएर बोल्दै मन्त्री राइले नेपाली जनता देशका मालिक बन्न सफल भएको जनाए ।
उनले भने, ‘अहिले सम्पूर्ण अधिकार जनताको हातमा निहित छ । यो कसैबाट प्राप्त नभई एकताको कारण प्राप्त भएको हो’
उनले पछिल्लो राजनीतिक उपलब्धि आपसी विश्वास, समन्यव र सहकार्यबाट भएको भन्दै देश नयाँ प्रणालीमा गएकाले देशका नतिजाहरु बिस्तारै देख्न सकिने जानकारी दिए ।
अमेरिकामा आएर मेहनत गरेर नेपालीहरुले सिकेको ज्ञान र सिप स्वदेशमा खर्चिन मुख्यमन्त्री राईले आग्रह गरेका छन् । मुख्यमन्त्री राईले देशलाई प्राविधिक जनशक्ति र योजनाकारहरुको खाँचो भएको भन्दै नेपालले ब्रेन गेन सेन्टर स्थापना गरेको समेत जानकारी दिए ।
उक्त कार्यक्रममा राजदुत डा.अर्जुन कुमार कार्की, एएनएका अध्यक्ष मेदिनी अधिकारी ,बानाका अध्यक्ष सुबोध पन्त ,अनेसासका केन्द्रीय अध्यक्ष राधेश्याम लेकाली, महाबाणिज्य दूत प्रेम राजा महत, नेपाली काँग्रेसका नेता एबम पूर्व मन्त्री दिपक गिरी, नेपाल कम्युनिस्ट पार्टीका नेता ठाकुर गैरेसहित राईनास नगरपालिकाका नगर प्रमुख सिंह बहादुर थापालगायतले सहभागिता जनाएको थियो । यसैक्रममा, उनीहरुले पालैपालो मन्तव्य व्यक्त गरेका थिए।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा