सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ, असार २३ । एसीसी इस्टर्न रिजन यू १९ क्रिकेटमा किनरारा ओभल मैदानमा टस हारेर पहिले ब्याटिङ रोजेको घरेलु टोली मलेसियाले ४०.५ ओभरमा सबै विकेट गुमाएर ८७ रन बनाएको छ।
यसैक्रममा, नेपालको शानदार बलिङ आक्रमण समूहका सामु मलेसियाका ब्याट्सम्यानहरुले सुस्त प्रदर्शन गर्न गरेका छन् ।
उनीहरुको कुनै पनि ब्याट्सम्यान लामो समयसम्म क्रिजमा टिक्नै सकेका थिएन् ।
यसैगरी मलेसियाका ३ खेलाडीले मात्र दोहोरो अंकको रन बनाउन सके । उनीहरुका लागि तेस्रो नम्बरमा आएका मुहम्मद अमीरले बनाएको २४ रनै मलेसियाको पारीमा सर्वाधिक व्यक्तिगत स्कोर हो । यसैक्रममा, वान अमिरुल ११ रन, हइकल मोहद खइर १२ रन र अहमद अलिफले १० रन जोडेर आउट भएका छन् ।
नेपालको बलरहरू सागर ढकाल र कुशल मल्लले शानदार प्रदर्शन गरेपछि सेमिफाइनलमा साविक विजेता नेपालले मलेसियाबाट ८८ रनको विजय लक्ष्य पाएको छ ।
बलिङतर्फ नेपालका लागि नेपालको बलरहरू सागर ढकालले ३ विकेट लिए भने, उनले १० ओभरमा ३ मेडन राख्दै १६ रन खर्चिएका थिए ।यसैगरी, बलिङतर्फ नेपालका लागि कुशल मल्लले २ विकेट लिए भने, उनले ९ ओभरमा ५ मेडनसहित १३ रन खर्चेका थिए । त्यस्तै रसिद खान र तिलकराज भण्डारीले एक–एक विकेट लिएका थिए ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा