सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
ललितपुर, असार १० । मंगलबार ललितपुरमा आयोजित चौथो नगरसभामा ललितपुर महानगरपालिकाले आगामी आर्थिक वर्षका लागि ५ अर्ब १७ करोड ९६ लाख ३२ हजारको बजेट छुट्यएको छ । नगरसभामा महानगरको मेयर चिरिबाबु महर्जनले आगामी आर्थिक वर्ष २०७६/०७७ का लागि बजेट दर्ता गरेको छ ।
नगरसभामा दर्ता गरेको बजेटले पूर्वाधार विकासको लागि सबैभन्दा खर्च गर्ने जनाएको छ । यसगरी, पूर्वाधार विकासका लागि २ अर्ब ७ करोड ३६ लाख ३ हजार बजेट विनियोजन गरेको हो । पूर्वाधार विकासका लागि छुट्याइएको यो बजेट कूल बजेटको ३८ दशमलव ७५ प्रतिशत रहेको मेयर महर्जनले जनाएको छ ।
यसैक्रममा, ललितपुर महानगरले आगामी आवको चालू खर्चका लागि १ अर्ब १२ करोड ५९ लाख ५५ हजार बजेट विनियोजन गरेको छ । यो कूल बजेटको २१ दशमलव ७४ प्रतिशत रहेको छ ।
यसैगरी, सामाजिक सुरक्षाका लागि ४६ करोड, आर्थिक विकासका लागि ७५ करोड ३४ लाख ५ हजार, सामाजिक विकासका लागि १६ करोड ८४ लाख ४५ हजार, वातावरण तथा विपद् व्यवस्थापनमा १६ करोड ५५ लाख, संस्थागत विकास र सुशासनका लागि २ करोड २५ लाख बजेट पनि विनियोजन गरेको मेयरले जनाएको छ ।
यसैगरी, महानगरपालिकाले आगामी आवका लागि पेस गरेको बजेट, नीति तथा कार्यक्रममा ‘एक घर, एक उद्यम’को अवधारणालाई उच्च प्राथमिकता दिइएको छ ।
ललितपुर नगरलाई समुन्नत सांस्कृतिक शहर बनाउने मुख्य उद्देश्यका साथ बजेट, नीति तथा कार्यक्रम तय गरेको मेयर महर्जनले बताए । उनले बजेटमा पर्यटन विकासको माध्यमबाट आर्थिक वृद्धि गर्ने लक्ष्य निर्धारण गरेको समेत जानकारी दिए।
मेयर महर्जनका अनुसार दिगो सहरी पूर्वाधार विकास, सार्वजनिक सेवा प्रवाह, सुशासन, पारदर्शिता र जवाफदेहिता, सांस्कृतिक सम्पदाको संरक्षण र पुनर्निर्माण, वातावरणमैत्री स्थानीय शासन व्यवस्था, स्वास्थ्य क्षेत्रका सर्वसाधारणको पहुँचमा वृद्धि, गरिबी न्यूनिकरण, अपांगमैत्री पूर्वाधार निर्माण, विषादीरहित करेसाबारी तथा कृषिमा आधुनिकीकरण, वडालाई विकासको केन्द्रविन्दु बनाउने अभियानलाई पनि प्राथमिकता दिने बजेटमा उल्लेख गरेको छ।
बजेट, नीति तथा कार्यक्रममा भूकम्पपछिको पुनर्निर्माण र विपद् न्यूनिकरणलाई पनि प्राथमिकतामा राखेको मेयर महर्जनले जानकारी दिए।
यसैक्रममा, ललितपुर महानगरपालिकाले नगरलाई हरियाली बनाउन आगामी आवको बजेट, नीति तथा कार्यक्रममा हरेक वडामा एक ‘हरियाली पार्क’ बनाउने प्रतिबद्धता जनाएको छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा