सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ, असार ९ । सोमबार प्रतिनिधिसभाको बैठकमा विशेष समय लिएर बोल्दै सत्तारुढ दल नेकपाका सांसद अग्निप्रसाद सापकोटाले शिक्षा क्षेत्रमा देखेको विकृति विसंगतिबारे शिक्षा मन्त्रालयको धारणा माग गरे।
उनले त्रिभुवन विश्वविद्यालयले ९ नम्बरलाई ६९ नम्बर बनाएर गोल्ड मेडल दिलाएको विषय उल्लेख गर्दे शिक्षामा लामो समयदेखि देखिँदै आएको विकृति र विसंगतिलाई शिक्षा मन्त्रालयले कसरी अध्ययन गरिरहेको छ भनी प्रश्न गरेको थियो ।
उनले भने, ‘९ नम्बरलाई ६९ नम्बर बनाएर गोल्ड मेडल लिने संस्कृति के संस्कृति हो ? आज यस्तो बनेको छ नेपालमा सबै कुरा पैसाले घुमाइरहेको छ । सर्टिफिकेट किन्न पाइन्छ । र भू माफियादेखि विचौलियाहरुले कब्जामा लिन सक्छन् । हरेक सकारात्मक कुराभित्र भयानक ठूलो रणनीति हुन्छ । यो रणनीतिको बारेमा शिक्षा मन्त्रालयले कति गम्भीरतापूर्वक अध्ययन गरेको छ । आजसम्मका सबै विकृति र विसंगतिको बारेमा शिक्षा मन्त्रालयले के गरिरहेको छ ? उसको दृष्टिकोण स्पष्ट पारियोस् ।’
त्रिभुवन विश्वविद्यालयले ९ नम्बर आएका परीक्षार्थीलाई ६९ नम्बर बनाएर गोल्ड मेडल दिएको सञ्चार माध्यममा समाचार प्रकाशित भएको थियो । त्रिभुवन विश्वविद्यालयका अनियमितता र बेथितिबारे केही समयदेखि निरन्तर समाचार प्रकाशित भैरहेको छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा