सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
कुमारी जब र क्याम्पीयन कलेजबीच बुधबार एक सम्झौतापत्रमा हस्ताक्षर भएको छ। आ-आफनै स्थानमा ख्याती कमाउन सफल दुवै संस्था विच ‘करियर वर्कशप” र ‘प्लेसमेण्ड डे सेसन’ का लागि सम्झौता सम्पन्न भएको हो । उक्त सम्झौतापत्रमा कुमारीजबका प्रवन्धक सन्देश भण्डारी र क्याम्पीयन कलेजका प्रमुख मनीता ओलीले आआयोजित एक कार्यक्रमका विच हस्ताक्षर गर्नुभयो ।
आधुनिक हिसावले कोर्स डिजाइन पारिएकाले उक्त कार्यशालामार्फत थुप्रै विद्यार्थी भाईबहिनिहरुले यथेष्ट फाइदा उठाउनेमा आफू ढुक्क रहेको प्रवन्ध निर्देशक सन्देश भण्डारीले बताउनुभयो ।
त्यस्तै ‘प्लेसमेण्ड डे सेसन’ अर्न्तगत कार्यशालामा सहभागी भएका विद्यार्थीहरुले रोजगारको समेत मौका पाउन सक्नेछन् । जसमा स्थापित एवम् प्रतिष्ठित १० कम्पनीको प्रतिनिधिहरुको ७ प्रत्यक्ष उपस्थिती रहनेछ । कार्यशाला सकिए लगत्तै प्लेसमेण्ड डे अन्तगत उपस्थिती जनाउने १० कम्पनीमा वित्तिय संघ संस्था, गैरसरकारी संस्था लगायत रहेका छन् ।
कार्यशालामा क्याम्पियन कलेजमा बिबिए तथा बिबिएसमा अध्ययनरत सयौं विद्यार्थी सहभागी हुनेछन ।
यही असार ११ गते सुरु हुने ‘करियर वर्कशप” जम्मा ४ दिनसम्म चल्नेछ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा