सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
धनगढी, असार ८ । धनगढी उपमहानगरपालिकामा १३ बर्षिया बालिकालाई बलात्कार गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय कैलालीले तीन जनालाई पक्राउ गरेको छ ।
तीन जना मिलेर बालिकालाई सामुहिक बलात्कार गरेको आरोपमा प्रहरीले धनगढी उपमहानगरपालिका वडा नम्बर १५ का फट्टुलाल चौधरी, सोही वडाका विजय चौधरी र वडा नम्वर ७ का झगरु चौधरीलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
प्रहरीका अनुसार रातीको समयमा बालिकालाई जंगलमा लगेर तिनै जनाले सामुहिक बलात्कार गरेका थिए । हाल बालिकाको सेती अञ्चल अस्पतालमा उपचार भैरहेको छ । उक्त घटनाबारे थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा