सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
यज्ञराज उपाध्याय / टीकापुर, असार ७ । टीकापुर नगरपालिकाको पाचौं नगरसभा अधिवेशन टीकापुर नगरपालिका नगरकार्यपालिकाको कार्यालयमा शनिबार देखि सुरु भएको छ । नगरसभा अधिवेशनमा नगरपालिकाको आगामी आर्थिक बर्ष २०७६/०७७ को नीति तथा कार्यक्रम पनि प्रस्तुत गरिएको छ । नगरप्रमुख तपेन्द्र रावलले ११९ बुदे नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन ।
प्रस्तुत आगामी बर्षको नीति तथा कार्यक्रममा टीकापुर नगरपालिकालाई विकासको गतिमा तिब्रताका साथ दौडाउने नीतिहरु समावेश गरिएका छन । नगरपालिकाले केही नयाँ नीति तथा कार्यक्रम बनाएको छ भने प्रायः पुरानै नीतिहरु छन । प्रस्तुत नीति तथा कार्यक्रम माथि शनिबार नै छलफल गरिएको हो ।
छलफलका क्रममा नगरसभा सदस्य भरत साँउद, बलबिर चौधरी र विना चौधरीले आआफ्नो सुझाव दिएका थिए तर नीति तथा कार्यक्रम माथि कसैले असन्तुष्टि नजनाएपछी नगरसभाबाटै पारित गरिएको हो ।
टीकापुर नगरपालिकाले प्रायः पुरानै नीति तथा कार्यक्रम बनाएता पनि केही नयाँ र गतिला नीति तथा कार्यक्रम समेत बनाईएको छ । चालू आर्थिक बर्ष भन्दा धेरै सडक कालोपत्रे गर्ने हेतुले “एक वडा एक गौरवको सडक योजना कार्यक्रम” नै बनाएर नगरपालिकाका ९ वटै वडामा प्रती वडा २ किलोमीटर र जम्मा १८ किलोमीटर सडक कालोपत्रे गरिने, यस नगरपालिका अन्तर्गत सञ्चालन हुने कार्यक्रम, सभा, समारोहमा प्रचलित खादाको प्रयोगलाई निरुत्साहित गर्दै फुल, ढाका टोपी, गलबन्दीको प्रयोगलाई प्रोत्साहित गर्ने, नगरपालिका नगर कार्यपालिकाको कार्यालयमा सेवा लिन आउने महिला सेवाग्राही र नगरपालिकामा कार्यरत महिला कर्मचारीका लागि छुट्टै स्तनपान कक्षको व्यवस्था गर्ने, “हाम्री छोरी, प्यारी छोरी” कार्यक्रम अन्तर्गत आगामी आर्थिक बर्ष २०७६/०७७ को साउन १ पछि जन्मिने छोरीलाई वार्षिक १ हजारका दरले २० वर्ष सम्म नगरपालिकाले छुट्टै खाता खोलि रकम जम्मा गरिदिने, वित्तीय पारदर्शिता र सुशासनका लागि नगर भित्र सञ्चालन हुने सबै कार्यक्रम, बैठक, सभा, गोष्ठीको सञ्चालनको लागि जम्मा बजेट र कार्यक्रम समापनमा जम्मा खर्च अनिवार्य सार्वजनिक गर्नुपर्ने, टीकापुर विमानस्थल पुनः सञ्चालनका लागि पहल गर्ने, टीकापुर नगरपालिकाका व्यवस्थित शहर बनाउन भू–उपयोग नीति ल्याइने र जथाभाबी गरिने जग्गा खण्डिकरणमा रोक लगाउने, टीकापुर नगरपालिकामा रहेका मुक्तकमैया र सुकुम्वासीको जीवनस्तरमा सुधार ल्याउन विभिन्न सिपमुलक, रोजगारमुलक र जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिने र प्रदेश, संघिय सरकार संग सहकार्य गरेर उनीहरुलाई व्यवस्थित बसोबासका लागि काम अगाडी बढाउने, “एक वडा एक नमूना सामुदायिक विद्यालय”को नीति क्रमशः लागू गर्दै शैक्षिक नगरीका रुपमा विकास गर्ने, यहाँ उपलब्ध वेतबास प्रशोधन, प्रवर्द्धन र बजारिकरणका लागि सामुदायिक वन, निजी तथा सहकारी संस्थासंग सहकार्य गरेर उद्योग स्थापनाको लागि पहल गरिने, यस क्षेत्रका टोल विकास संस्थाहरु गठनका लागि कार्यविधि निर्माण गरि यिनीहरुको क्षमता विकास गर्दै नगर सरसफाई तथा विकास निर्माणका कार्यमा सक्रिय सहभागिता गराइने, टुक्रे योजनालाई निरुत्साहित गर्दै पुर्वाधार तर्फ रु.५ लाख भन्दा साना योजना नबनाइने र रु.२५ लाख भन्दा ठूला योजना ठेक्का मार्फत निर्माण गरिने, साथै ठेक्का ई–बिडिङ प्रक्रिया मार्फत गरिने, प्राकृतिक प्रकोपको जोखिममा रहेका स्थानमा वृक्षारोपण गरिने र बाढी तथा डुबानको उच्च जोखिममा रहेका स्थानमा नदि कटान रोक्न तटबन्ध कार्यक्रम सञ्चालन गरिने, टीकापुर पार्कको दीर्घकालीन उपयोग, संरक्षण, सम्बर्द्धन र प्रवर्द्धनका लागि लिजमा दिने सम्बन्धी सम्भाव्यता अध्ययन गरिने, “एक वडा एक प्रजातिको बृक्षा रोपण”को नीति लिइने र १ प्रतिशत पुजिगत बजेट विनियोजन गरिने, एक वडा एक बगैंचाको अवधारणा लिदै खुला तथा सार्वजनिक स्थलमा वृक्षारोपण गर्ने र सडकपेटी किनारामा फलफुल रोप्ने अथवा सुहाउँदो वृक्षारोपण गर्ने, “एक घर तिन बिरुवाको निति” कार्यक्रम लागु गरिने, आफ्नै नाममा जग्गा भएका वडा कार्यालयको भवन क्रमशः निर्माण गरिने र जग्गा नभएका वडाको जग्गा प्राप्तिका लागि पहल गरिने, सडक क्षेत्रको व्यवस्थित विकासका लागि यातायात गुरुयोजना तयार गर्ने, महिलाहरुको सशक्तीकरण, नेतृत्वविकास, उद्धमशिलता र सीप विकास गरि महिलाहरुलाई विकास तथा निर्णय, योजनानिर्माण, योजना कार्यान्वयन अनुगमनमा महिला सहभागिता सुनिश्चित गर्दै नगरपालिका अन्तर्गत सञ्चालित योजनाहरुलाई ४० प्रतिशत महिला अनिवार्य सहभागी गराइने, बालश्रम अन्त्य गर्दै नगरपालिका क्षेत्र भित्र रहेक श्रमिक बालबालिकाहरुको व्यवस्थापन गर्ने र टीकापुरलाई बालमैत्री नगरका रुपमा विकास गर्ने, “हाम्रो पुर्खा हाम्रो सान, गरौं पुर्खाको सम्मान” भन्ने नारासहित ज्येष्ठ नागरिकमा भएको ज्ञानको सदुपयोग हुनेगरी ज्येष्ठ नागरिकहरुका लागि सामुदायिक संयन्त्रहरुको सहकार्यमा दिवा सेवा केन्द्रहरु सञ्चालन गर्ने, टीकापुर क्षेत्रको पर्यटकीय स्थल, संस्कृति, परम्परा र संरचनालाई समावेश गर्न यस क्षेत्रमा छायांकन गरिने फोल्म, डकुमेन्ट्रीको लागि आवश्यक सहयोग गर्ने, नगरपालिकामा सांस्कृतिक प्रशिक्षण केन्द्र स्थापना गरिने, “आमासंग उपमेयर कार्यक्रम” सञ्चालन गरिने, “मेयर छात्रबृत्ति कार्यक्रम” अन्तरगत उच्च शिक्षा अध्यानका लागि कार्यविधि बनाई छात्रबृत्ति प्रदान गरिने नीति, गत बर्स्ग पनि बनाइएको तर कार्यान्वयन भने नभएको प्लाष्टिक प्रयोगलाई कम गर्दै जाने लगायतका निति तथा कार्यक्रम १ सय १९ वटा नीति तथा कार्यक्रम नगरपालिकाले लिएको छ । यी मध्ये कति कार्यान्वयन हुनेछन र कति सपना जस्तै हुनेछन बजेटमा नै भर पर्नेछ ।
नगरपालिकाले यहि १० गते मंगलबार बजेट पनि ल्याउन लागेको छ । बजेट झन्डै ४६ करोडको रहेको प्रमुख प्रशासकिय अधिकृत टोपेन्द्र बहादुर केसिले जानकारी दिए ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा