सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
लेफ्टिनेंट जनरल फैज हमीद आईएसआई पाकिस्तानी गुप्तचर एजेन्सि इन्टर–सर्भिसेज इंटेलिजेन्स (आईएसआई) का नयाँ प्रमुखमा नियुक्त भएका छन् । पाकिस्तानी थल सेनाले आइतबार उक्त नियुक्तिको घोषणा गर्दे आफना शिर्ष जनरलहरुको तैनाथीमा कैयौ बदलाव गर्ने घोषणा समेत गरेका छन् । पाकिस्तानी जियो न्यूजको खबर अनुसार, हमीद यसअघि आईएसआई मा काउण्टर इन्टेलिजेनस विंग को प्रमुख पनि बनिसकेका छन् ।
लेफ्टिनेंट जनरल हमीदलाई लेफ्टिनेंट जनरल असीम मुनीरको ठाउँमा इन्टर सर्भिसेज इंटेलिजेन्स (डीजीआईएसआई) को महानिर्देशक नियुक्त गरीएको छ । मुनीरलाई त्यहाँबाट हटाएर कोर कमाण्डर गुजरांवाला को रुपमा नियुक्त गरीएको छ । मुनीरलाई पछिल्लो बर्ष अक्टोबरमा आईएसआई प्रमुखको पद दिइएको थियो ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा