सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
रुपन्देही, असार २ । प्रदेश ५ योजना आयोगका उपाध्यक्षमा डा. प्रकाशकुमार श्रेष्ठले मुख्यमन्त्री शंकर पोखरेलसमक्ष पदबाट राजीनामा दिएका छन् । राजीनामा दिएपछि उनी पुनः राष्ट्र बैङ्कमा फर्किएका छन् ।
२०७४ चैत ६ गते बसेको मन्त्रिपरिषद् बैठकले डा.श्रेष्ठलाई प्रादेशिक योजना आयोगको उपाध्यक्षमा नियुक्ति गरेको थियो । श्रेष्ठले १५ महिना प्रादेशिक योजना आयोगको उपाध्यक्षको जिम्मेवारीमा रहँदा प्रदेशको वस्तु विवरण स्थितिपत्र र आवधिक योजना बनाउने काम गरेको थियो ।
मुख्यमन्त्री शंकर पोखरेलको जोडबल र आग्रहमा नेपाल राष्ट्र बैङ्कको निर्देशकबाट काज मिलाएर प्रादेशिक योजना आयोगको उपाध्यक्षमा आएका श्रेष्ठ कार्यकारी निर्देशकमा पदोन्नति भएपछि पुनः राष्ट्र बैङ्क नै फर्केका छन् । श्रेष्ठको आज औपचारिक बिदाई हुँदैछ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा