सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
वश्वकपको २२ औ प्रतिस्पर्धामा भारतले पाकिस्तानलाई ८९ रनले पराजित गरेको छ ।
यो म्याचमा टिम इंडियाका उपकप्तान र सलामी ब्याट्सम्यान रोहित शर्माले शतक लगाउदै टिमलाई जिताए ।
यो म्याचमा पाकिस्तानका कप्तान सरफराज अहमदले टस जितेर पहिला बलिङ गर्ने निर्णय गरे । यस्तैमा पहिला ब्याटिङ गर्दे भारतीय टिमले निर्धारित ५० ओभरमा ५ विकेटको नोक्सानीमा ३३६ रन बनाए । ३३७ रनको विजयी लक्ष्य लिएर मैदानमा उत्रेको पाकिस्तानको लागी बर्षाका कारण म्याचलाई ४० ओभर बनाइयो । यसरी पाकिस्तानी टिमले ४० ओभरमा ६ विकेट गुमाउदै २१२ रन मात्र बनाउन सक्यो ।
यसरी टिम इंडियाले डकवर्थ लुईसको नियम अनुसार ८९ रनले जित्यो । योसँगै भारतले पाकिस्तानको विश्वकपको इतिहासमा रेकर्ड सातौ पटक हराएको छ । पाकिस्तानको तर्फबाट सलामि ब्याट्सम्यान फखर जमांले ६२ रन, इमाद वसीमले अभिजित ४६ रन र बाबर आजमले ४८ रन बनाए । भारतको तर्फबाट हार्दिक पाडय, कुलदीप यादव र विजय शंकरले २–२ विकेट लिए ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा