सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं, असार १ । प्रधानमन्त्री केपी शर्मा ओलीले गुठी विधेयक सच्याउने प्रतिबद्धता जनाउनुभएको छ ।
एकसाता लामो युरोप भ्रमण पूरा गरेर आइतबार स्वदेश फर्कनुभएका प्रधानमन्त्री ओलीले विमानस्थलमा संचारकर्मीसँग कुरा गर्दै यस्तो प्रतिबद्धता जनाउनुभएको हो ।
प्रधानमन्त्री ओलीले गुठी सम्बन्धी विधेयकमा भूलवश केही गल्ती भए सच्याउने बताएका हुन् । आइतबार बिहान त्रिभुवन विमानस्थलमा पत्रकारहरु समक्ष बोल्दै प्रधानमन्त्री ओलीले भने–‘गुठीको नाममा कतिपय ठाउँमा शोषण भएको अवस्था पनि छ। त्यस्ता कुरालाई सम्बोधन गर्न खोजिएको हो सबैतिर हैन। सांस्कृतिक रुपमा जोडिएका गुठीको कुरा बेग्लै हो ।’
सरकारले कहिल्यै पनि जनतालाई दुःखी बनाउन नचाहेको जानकारी दिंदै प्रधानमन्त्री ओलीले भने–‘वर्तमान सरकार जनता खुसी भएको हेर्न चाहन्छ। यही कुरालाई लिएर विरोध र आन्दोलन चर्काउन खोज्नेहरुले कुनै ‘चान्स’ आउनेवाला छैन।’
प्रधानमन्त्री ओलीले लोकसेवा विज्ञापन बारको विवाद अदालतमा विचाराधीन भएकाले अहिले केही बोल्न नसक्ने बताए। उनी गत जेठ २५ गते भ्रमणमा गएका थिए ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा