सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं, जेठ ३१ । विक्रम चन्द ‘विप्लव’ नेतृत्वको प्रतिबन्धित नेकपाका कार्यकर्ताले सगरमाथाको उचाइ नाप्न गएको सरकारी टोलीको साथबाट लुटेर दुरबिन कब्जा गरेका छन्।
सगरमाथाको उचाइ नाप्न छनोट गरिएका १२ वटा ‘प्वाइन्ट’ (बिन्दु) मध्ये खोटाङ लौरेडाँडामा पुगेका सरकारी अधिकारीबाट खोसेर विप्लवका कार्यकर्ताले बाइनाकुलर (दुरबिन) कब्जामा लिएका हुन्। यही जेठ ७ गते लौरेडाँडा पुगेका सरकारी अधिकारीहरूबाट विप्लवका कार्यकर्ताले दुरबिन लुटेको खबर पाएपछि प्रहरीले त्यस क्षेत्रमा खोटाङ र सोलुखुम्बुबाट सुरक्षाकर्मी खटाएको थियो भन्ने खबर नागरिक दैनिकमा छ।
सगरमाथाको उचाइ नाप्न गएको टोलीका सदस्यले भने यो घटना गुपचुप राखेका छन्। ‘मन्त्रालयमा त्यसको जानकारी भएको छ। तर, बाहिर ल्याउन आवश्यक ठानिएन।’ भूमि तथा व्यवस्था मन्त्रालयका एक उपसचिवले भने, ‘त्यहाँ हाम्रा साथीलाई थ्रेट भयो भनेर प्रदेश प्रहरीलाई भन्यौं।’
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा