सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ, जेठ ३० । गुठी विधेयक तत्काल फिर्ता लिन सरकारसँग नेपाली काँग्रेसका नेता प्रदीप पौडेलले सराकारलाई माग गरेका छन् । संस्कृतिमाथि प्रहार गर्न सरकार उद्दत रहेको नेता पौडेले आरोप लगाएका छन् ।
काठमाडौँमा बिहीबार आयोजित एक कार्यक्रमामा पौडेलले कम्युनिस्ट सरकारविरुद्ध संगठित भएर लड्नुको विकल्प नरहेको जनाए । उननले भने, ‘कम्युनिष्ट सरकारले संस्कृतिमाथि प्रहार गर्ने कुचेष्ठा गर्दैछ, यसका विरुद्ध संगठित भएर लड्न अपिल गर्दछ’ ।,
संविधानले धर्म, संस्कृति, परम्परा र मौलिक स्वतन्त्रताको प्रत्याभूत गरेकोमा नेता पौडेलले सरकारलाई स्मरण गराएका छन् । गुठीको परम्परा विभिन्न समुदायको मौलिकतामा आधारित रहेको बताउँदै उनले भने, ‘सरकारल् एैतिहासिक परम्परालाई छिन्नभिन्न पार्दै गुठी संस्थानको सम्पत्तिमा आँखा लगाएको छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा