सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाण्डौं, जेठ ३० । आज ज्येष्ठ शुक्ल एकादशी, तुलसीको बिउ रोप्ने दिन । आजको एकादशीलाई निर्जला एकादशी पनि भनिन्छ । यो दिन छरिएको बिउ एक महिनापछि आषाढ शुक्ल एकादशीका दिन तुलसी मठमा सार्ने गरिन्छ।
वर्ष भरीका एकादशीको पुण्य प्राप्त हुने विश्वासमा आजका दिन पानी पनि नखाई ब्रत बस्ने र भगवान विष्णुको पूजा गर्ने चलन छ ।
ज्येष्ठ शुक्ल प्रतिपदादेखि शुरु भएको दशहरा स्नान तुलसीको बिउ रोपी आजैदेखि सम्पन्न भएको छ । प्रतिपदादेखि एकादशी सम्म जलाशय वा नदीमा गई स्नान गरे दश प्रकारका पाप नाश हुने धार्मिक विश्वास छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा