भर्खरै

धवनको शतक, भारतले अष्ट्रेलियालाई दियो ३५३ रनको विशाल लक्ष्य


 June 9, 2019     सेतो खबर

विश्वकप २०१९ को १४ औ प्रतिस्पर्धा आइतबार भारत र अष्ट्रेलियाको बिच लण्डनको ओवल मैदानमा खेलीरहेका छन् । यो प्रतिस्पर्धामा भारतले अष्ट्रेलियाको अगाडि जितको लागी ३५३ रनको विशाल लक्ष्य राखेको छ । टस जितेर पहिला ब्याटिङमा उत्रेको भारतले निर्धारित ५० ओभरमा पाँच विकेटको नोक्सानीमा ३५२ रन बनायो ।

भारतको तर्फबाट शिखर धवनले ११७ रन, रोहित शर्मा ५७ रन, हार्दिक पाड्य ४२ रन, एमएस धोनी २७ र कप्तान विराट कोहलीले ८२ रन बनाए । यता, अष्ट्रेलियाको तर्फबाट मार्कस स्टोइनिसले २ जबकि मिशेल स्टार्क, नाथन कोल्टर नाइल र पैट कमिंसले संयुक्त रुपमा एक–एक विकेट लिए ।

LIC
LIC



Ime Inside