सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
पहिलो खेलमा वेस्टइंडिजसँग ७ विकेटको हार पछि पाकिस्तानी टिमले इङ्गल्याण्ड लाई पछिल्लो म्याचमा १४ रनले हराउदै शानदार पुनरागमन गरेको छ । आज शुक्रबार टिमको प्रतिस्पर्धा श्रीलंकासँग हुन गईरहेको छ ।
कोच मिकी आर्थर चाहन्छन कि टिम जितको लयलाई कायम राखुन । इङ्गल्याण्ड विरुद्धको जितभन्दा पहिला पाकिस्तानले लगातार ११ म्याचमा हारको सामना गर्नु परेको थियो । कोच मिकी आर्थरले भनेका छन कि यो हेर्दा राम्रो लाग्यो कि इङ्गल्याण्ड विरुद्ध हामी पुरै भरोसासँग उत्रेका थियौ र त्यस्तै खेल देखाउ जसको लागी हामी चिनिन्छौ । उनले भनेका छन कि यदि हामीले खेलको तिनै विभागमा राम्रो प्रदर्शन गर्यो भने हामी विश्वको कुनै पनि टिमलाई हराउन सक्छौ ।
पाकिस्तानले आयोजक टिम विरुद्ध ८ विकेटमा ३४८ रनको विश्वकपमा आफनो दोस्रो उच्च रेकर्ड बनाएको थियो । मोहम्मद हफीज, बाबर आजम र सरफराज अहमदले अर्धशतक लगाएका थिए । पछि मोहम्मद अमीर, वहाब रियाज र लेग स्पिनर शादाब खानले इङ्गल्याण्ड लाई ९ विकेटमा ३३४ रनमै रोकेका थिए ।
श्रीलंका विरुद्ध विश्वकपमा पाकिस्तानले आफनो सबै सातै वटा म्याच जितेको इतिहास छ । यो म्याचमा पाकिस्तान टिम युवा तेज बलर हसनैनलाई मैदानमा उतार्न सक्छ । उता, श्रीलंकाले पनि मंगलबार बर्षाबाट प्रभावीत म्याचमा अफगानिस्तानलाई हराउदै आफनो अभियानलाई थप उर्जा दिएको छ । न्युजिल्याण्ड विरुद्ध टिमको मध्यक्रमले ३६ रनको अन्तरालमा ७ विकेट गुमाएको थियो ।
यद्यपी, श्रीलंकाको बलरले आफगानिस्तान विरुद्ध पछिल्लो प्रतिस्पर्धामा राम्रो प्रदर्शन गरेको थियो र मलिंगाको नेतृत्वमा टिमले अफगानिस्तान विरुद्ध जीत दिलाउनमा सफल रहेको थियो ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा