सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
ललितपुर, जेठ २३ । लगनखेलमा भएको लिग चरणको अन्तिम खेलमा विभागीय टिम नेपाल पुलिसले प्रदेश नं ३ लाई २५-१४,२५-२० र २५-१८ को सेटमा पराजित गरेसँगै प्रधानसेनापति राष्ट्रिय पुरुष भलिबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेका छन् ।
यसैक्रममा, एपीएफ क्लब पनि प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेका छन् । पुलिस जितसँगै समूह ‘बी’ बाट १२ अंक जोड्दै समूह विजेताका रूपमा अन्तिम चारमा पुगेको छ । यो समूहबाट गण्डकी प्रदेश उपविजेताका रूपमा सेमिफाइनलमा पुगेको छ भने, चार खेलबाट ९ अंक जोडेको छ ।
एपीएफले अर्को खेलमा प्रदेश एकलाई २५-१४, २५-१६ र २५-१६ को सेटमा पराजित गर्दै सेमिफाइनलमा पुगेसँगै ४ खेलबाट १२ अंक जोडेको छ । प्रदेश १ भने प्रतियोगिताबाट बाहिरिएको छ । यो समूहबाट ४ खेलमा ९ अंक जोड्दै आर्मी समूह उपविजेताका रूपमा सेमिफाइनलमा पुगेका छन् ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा