भर्खरै

World Cup 2019: रोमाञ्चक म्याचमा न्युजिल्याण्डले बंग्लादेशलाई २ विकेटले हरायो, टेलरले ठोके फिफ्टी


 June 6, 2019     सेतो खबर

विश्वकप २०१९ को ९ औँ म्याच बंगलादेश र न्यूजिल्याण्ड बिच लण्डनको ओवल स्टेडियममा खेलीयो । यो म्याच रोमाञ्चक मोडमा पुग्यो तर बाँजी भने न्यूजिल्याण्डको टिमले मार्यो । न्यूजिल्याण्डले यो म्याचमा बंग्लादेशलाई २ विकेटले हराउदै विश्वकप २०१९ को दोस्रो जित दर्ता गरे ।

म्याचमा न्युजिल्याण्डका कप्तान केन विलियमसनले टस जितेर बलिङ रोजे । यस्तैमा पहिला ब्याटिङमा उत्रेको बंग्लादेशको टिमले ४९.२ ओभरमा सबै विकेट गुमाउदै २४४ रन बनायो । जीतको लागी न्यूजिल्याण्डले पाएको २४५ रनको लक्ष्यलाई कीवी टिमले ४७.१ ओभरमा ८ विकेट गुमाउदै हासिल गर्यो । न्युजिल्याण्डको तर्फबाट रोस टेलरले ८२ रनको पारी खेले ।

LIC
LIC



Ime Inside