सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
वेस्टइंडीजका ब्याट्सम्यान क्रिस गेलले विश्व कपको पहिलो खेलमै एउटा अर्को रेकर्ड आफनो नाममा दर्ता गरेका छन् । उनी विश्वकप इतिहासमा सबैभन्दा धेरे छक्का लगाउने ब्याट्सम्यान बनेका छन् । पाकिस्तान विरुद्ध खेलीएको म्याचमा क्रिस गेलले दोस्रो छक्का हानेसँगै यो रेकर्डको हकदार बनेका हुन् । वश्वकपमा सर्वाधिक छक्का लगाउनेमा अब गेल पछि दक्षिण अफ्रिकी ब्याट्सम्यान एबी डिविलियर्स छन् ।
ब्यस्त ब्याट्सम्यानको लागी परिचित क्रिस गेललाई लामो लामो छक्का प्रहार गर्नेको रुपमा चिनिन्छ । यी ब्याट्सम्यानदेखी ठुला ठुला बलर पनि डराउछन् । यी बरिष्ठ खेलाडीको नाम कैयौ रेकर्ड द्र्ता छ । अहिलेसम्म २८९ वनडे म्याचको २८३ इनिंग्समा ब्याटिङ गर्दे १०१५१ रन को पहाड नै खडा गरेका छन् । क्रिस गेलले २५ शतक र ५१ अर्धशतक जमाइसकेका छन् ।
इङ्गल्याण्ड र वेल्समा खेलीएको विश्वकपको १२ औ सिननमा क्रिस गेलले रेकर्ड कायम गरेका छन् । पाकिस्तान विरुद्ध खेलीएको म्याचमा ओपनिंङको रुपमा उत्रेका क्रिस गेलले शानदार तरीकाले २ छक्का जोडेका छन् । यी दुई छक्का लगाए पछि नै उनी विश्व कप इतिहासमा सबैभन्दा धेरै छक्का जोड्ने ब्याट्सम्यान बनेका छन् । पाकिस्तानसँगको म्याचमा क्रिस गेलले जोडतोडको ब्याटिङ गर्दे ३४ बलमा शानदार ५० रन ठोके । ११ औ ओभरमा गेलले आफनो विकेट गुमाए । उनी अर्धशतक लगाउदै आउट भए । यो म्याचमा गेलले ३ छक्का जोडे ।
अब क्रिस गेल विश्वकपमा सर्वाधिक ४० छक्का जोड्ने पहिलो ब्याट्सम्यान बनेका छन् । उनको पछाडि अब दक्षिण अफ्रिकी ब्याट्सम्यान एबी डिविलियर्स छन् । डिविलियर्सले विश्वकपमा कुल ३७ छक्का हानेका छन् । सर्वाधि छक्का हान्नेमा तेस्रो स्थानमा सन्यास लिइसकेका अष्ट्रेलियाली पुर्व कप्तान रिकी पोन्टिङ छन् । उनको नाममा कुल ३१ छक्काको रेकर्ड छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा