भर्खरै

रोजर फेडररले फ्रेन्च ओपनमा चार बर्षपछि जीतसँगै खेलमा फर्के


 May 27, 2019     सेतो खबर

दिग्गज रोजर फेडरर चार बर्षपछि फ्रेंच ओपनमा फर्किदै आइतबार इटलीको लोरेन्जों सोनेगोलाई सिधै सेटमा जीत हासिल गरेका छन । जर्मनीका पाँचौ वरियताका तथा हालैको विम्बलडन च्याम्पियन एजेलिक कर्बरकले करियर ग्रडस्लैमको आशालाई पहिलो यात्रामा नै गुमाउन पुगेका छन् । २० पटकका ग्रैडस्लैम विजेता फेडरर २०१५ पछिदेखी यो टुर्नामेन्टमा भाग लिएका थिएनन, जसमा उनी क्वाटर फाइनलमा पु्गेका थिए ।

३७ बर्षीय खेलाडीले एक घण्टा ४१ मिनेटसम्म चलेको प्रतिस्पर्धामा ६–२, ६–४, ६–४ ले जित हासिल गरेका छन् । यो ग्रैडस्लैममा उनको पहिलो यात्रामा लगातार ६० औ जीत थियो । अब उनी जर्मनीको ओस्कर ओटेसँग भिड्नेछन् जसले टुरमा ८ बर्षमा आफनो दोस्रो म्याचमा जित हासिल गरे । उनले ट्यूनिशियाका मालेक जाजिरीलाई ६–३, ६–१, ४–६, ६–० ले हराए । कर्बरको चुनौती रोलां गैरांमा रुसका युवा अनास्तासिया पोटापोवासँग हारेसँगै समाप्त भयो ।

पाँचौ वरिय विम्बलडन च्यापियन कर्बरलाई १८ बर्षिय पोटापोवाले आफनो फ्रेन्च ओपन पदार्पणमा ६–४, ६–२ हराउदै रिवर्स गरे । ३१ बर्षिय कर्बर यसरी फेन्च ओपनको पहिलो प्रतिस्पर्धामा अहिलेसम्म गरेर ६ पटक पराजित भईसकेकी छिन् । स्पेनकी २०१६ च्याम्पियन मुगुरुजाले नयाँ कोर्टमा अमेरकाकी टेलर टाउनसेन्डलाई पराजित गरीन् ।

महिला एकलमा १९ औ वरीय मुगुरुजाले ५–७, ६–२, ६–२ ले जित हासिल गरीन । क्रोएशियाकी ३१ औ वरीय पेत्रा मार्टिच २०१९ टुर्नामेन्टमा जीत हासिल गर्ने पहिलो खेलाडी बनिन्, उनले पहिलो यात्रामा ट्यूनिशियाकी ओंस जबोरलाई ६–१, ६–२ ले पराजित गरीन् ।

LIC
LIC



Ime Inside