भर्खरै

मुक्तिनाथ विकास बैंक सामाजिक कार्यमा, जेष्ठ नागरिकलाई कुर्सी हस्तान्तरण


 May 22, 2019     सेतो खबर

काठमाण्डौँ, जेठ ८ । मुक्तिनाथ विकास बैंकले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत पोेखराको रामबजारमा “रामबजार जेष्ठ नागरिक मिलन केन्द्र” लाई ३५ थान कुर्सी हस्तान्तरण गरेको छ ।

संस्थाका ९६ वर्षिय जेष्ठ नागरिक गौ बहादुर गुरुङ्गको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि रामबजार यु.के. सोसाइटिका सल्लाहकार प्रेम वि.क., विशेष अतिथि मुक्तिनाथ विकास बैँक, पोखरा क्षेत्रीय कार्यालयका क्षेत्रीय प्रबन्धक बाबुराम ढकाल, शाखा कार्यालय अमरसिँहका प्रमुख अशोक लामा, पोखरा अनुगमन अधिकृत नगेन्द्र राज पौडेल, संस्थाका अध्यक्ष क्याप्टेन थमन थापा सहितको सँयुक्त उपस्थितीमा कुर्सी वितरण गरीएको हो ।

संस्थाको प्राङ्गणमा वितरीत कुर्सीबाट जेष्ठ नागरिकहरुलाई दैनिक रुपमा आरामदायी रुपमा बस्नको लागी थप सहयोग मिल्ने संस्थाका अध्यक्ष क्याप्टेन थमन थापाले बैकलाई धन्यवाद व्यक्त गरे ।

कार्यक्रममा बैँकका क्षेत्रीय कार्यालय, पोखराका क्षेत्रीय प्रबन्धक बाबुराम ढकालले बैंकको व्यवसाय बृद्धिसंगै भावी दिनमा सामाजिक उत्तरदायित्वको कामलाई प्राथमिकताको रुपमा स्थानीय निकायसंग सहकार्य गरी अगाडि बढ्ने प्रतिवद्धता व्यक्त गरे । कार्यक्रममा त्यस क्षेत्रका जेष्ठ नागरिकहरुको जेष्ठ नागरिकताको परिचयपत्र समेत पोखरा महानगरपालिकाको समन्वयमा वितरण गरिएको थियो ।

LIC
LIC



Ime Inside