सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ, जेठ ८। फिल्म ‘जात्रैजात्रा’ को प्रदर्शन अष्ट्रेलियामा पनि भइरहेको छ । स्वदेशमै राम्रो व्यवसाय गरिरहेको फिल्म ‘जात्रैजात्रा’ अष्ट्रेलियामा पनि प्रदर्शन गरिएका छन् । मंगलबार अष्ट्रेलियाको व्रिजवेनमा फिल्म प्रदर्शन गरेका हुन्।
सो फिल्मको निर्धारित समय भन्दा अगाडि नै हलमा दर्शक भरिएपछि केहीले भुइमै बसेर समेत फिल्म हेरेको आयोजकले बताएका छन्। ‘जात्रैजात्रा’ को डिमान्न्ड धेरै भएको कारण टिकट पुर्याउन मुस्किल पर्ने गरेको आयोजकले बताएका छन् ।
हालै अष्ट्रेलियाको सिड्नी र तासमानियामा सो फिल्म प्रदर्शन गरेका छन्। प्रदीप भट्टराइको निर्देशन रहेको फिल्म ‘जात्रै जात्रा’ स्वदेशमा शुक्रबारबाट प्रदर्शनमा आएको थियो ।
उक्त फिल्ममा विपिन कार्की, रविन्द्र झा, रविन्द्र सिंह बानियाँ, दयाहाङ राई, बर्षा राउत, राजाराम पौडेल लगायतले मुख्य भूमिका निभाएको छ । रविन्द्र सिंह बनियाँ कार्यकारी निर्माता रहेको फिल्ममा यज्ञश्वर पौडेल र सिंगे लामाको लगानी रहेको छ । ‘जात्रा’ हिट भएपछि यसको सिक्वेलको रुपमा यो फिल्म निर्माण भएका हुन्।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा