सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ, जेठ ८ । होटेल आनन्दले पशुपति तिलगंगास्थित नेपाल भारत मैत्री पशुपति धर्मशाला सञ्चालनको जिम्मेवारी लिएका छन् ।
हाटेल आनन्द म्यानेजमेन्टले पशुपति क्षेत्रविकास कोषले आह्वान गरेको टेन्डरअनुसार १० वर्षको लागि सञ्चालनको जिम्मेवारी पाएका हुन् । जसका कारण होटेल आनन्द म्यानेजमेन्टले कोषलाई बार्षिक १ करोड ५४ लाख १ हजार ६१८ रुपैयाँ भाडा तिर्नुपर्छ ।
१९ रोपनी क्षेत्रफल जग्गा भएको धर्मशालामा ८० वटा कोठा रहेको छ, भने उक्त भवनका कोठाहरु सुविधा सम्पन्न होटेलकै स्तरको बनाइ राखि संचालन गर्न कम्तीमा ७ करोड लाग्ने संचालक ओस्कार बतासले जनाएका छन् ।
धर्मशाला संचालन गर्दा हुने वार्षिक आम्दानीको कम्तिमा ५ प्रतिशत रकम सामाजिक सेवामा लगाइने बतासले जनाए । यसैक्रममा, पशुपति क्षेत्र कोषका सदस्यसचिव डा. प्रदीप पौडेलले धर्मशालाले शुद्ध साकाहरी भोजन मात्र खुवाउनु पर्ने र मादक पदार्थ बिकि गर्न नपाउने अनिवार्यता शर्त राखेको जनाए ।
उक्त धर्मशाला भवन संचालनबाट कम्तिमा १४४ जनाले रोजगारी पाउने छन्। यस्तै प्रति व्यक्ति कोठादर रु. ३५० देखि बढीमा ३९९९ तय गरेका छन् ।
गत भदौमा प्रधानमन्त्री केपी शर्मा ओली र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबाट संयुक्तरुपमा धर्मशालाको उद्घाटन गरेको जानकारी दिए ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा