सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
दाङ, जेठ ६ । मिडिया काउन्सिल विधेयकबारे पार्टीमा छलफल नै नगरी ल्याएको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का पूर्वप्रधानमन्त्री तथा वरिष्ठ नेता माधव कुमार नेपालले जनाएका छन्।
‘महत्वपूर्ण निर्णयहरू गर्दा पार्टीमा छलफल हुनुपर्छ, तर, अहिले कुनै पनि विषयमा निर्णय लिँदा पार्टीमा छलफल गर्ने गरिएको छैन’, । ‘पार्टीमा छलफल गर्ने चलन नै नहुनु दुःखद पक्ष ’ भएको नेपालको भनाइ छ ।
दाङको घोराहीमा सोमबार आयोजित पत्रकार सम्मेलनमा वरिष्ठ नेता नेपालले पार्टीमा छलफल गर्ने वातावरण नहुँदा धेरै विरोध खेप्नु परेको जनाए। उनले हाल उत्पन्न समस्या र सरकारको कामको समिक्षाको बारेमा समेत पार्टीभित्र कुनै छलफल नभएको समेत स्पष्ट पारेका छन्।
उक्त बैंठकबाट यस्ता कुराहरू आउँदा सरकार एक्लो नहुने बताएका छन् । उनले आफूहरूसँग परामर्श तथा छलफल नै नगरी ल्याउन लागेको विधेयकका बारेमा के भन्ने कुरा अन्यौलता छाएको जनाए। यसैक्रममा, उनले मिडियाका मानिसहरू समेत आएर आफूलाई केही नभनेको हुँदा त्यसबारे कुनै जानकारी नभएको उनले जनाए।
सरकारले महत्वपूर्ण निर्णय गर्दा पार्टीमा छलफल गर्न पटक–पटक कुरा उठाए पनि त्यसलाई बेवास्ता गर्ने गरिएको भन्दै उनले असुन्तुष्टि जनाए। मिडिया काउन्सिल विधेयकको समर्थन वा विरोधका बारे भने उनले केही बोलेनन्।
उनले समाचारमा विश्वसनियता सुनिश्चित हुनुपर्ने धारणा समेत राखेका छन् । पछिल्लो समय पहिलो हुने नाममा समाचार सत्य र तथ्यमा भन्दा पनि अनुमानको भरमा लेखिने हुँदा पत्रकारिताप्रति आम मानिसको विश्वसनियता कम हुँदै गएको उनको भनाइ छ। ‘मनपरी गर्ने छुट त कसैलाई पनि दिनु हुन्न,’ नेपालले भने ‘अलिकति मिडियालाई अनुशासित भने बनाउन आवश्यक छ।’
‘बन्दुकको त्रास नदेखाउन विप्लवलाई आग्रह’
फरक प्रसंगमा वरिष्ठ नेता नेपालले विप्लवलाई वार्ता र संवादमार्फत् उत्पन्न समस्या समाधान गर्न आग्रह गरेका छन् । उनले बन्दुकको भरमा त्रास पैदा गरेर चन्दा उठाउने र शासन गर्ने सपना नदेख्न आग्रह गरेका छन्।
उनले चन्दा उठाउने र त्रास पैदा गर्ने अधिकार कसैलाई नभएको बताउँदै राज्यलाई कमजोर नठान्न चेतावनी समेत दिएका छन्। पूर्वप्रधानमन्त्री समेत रहेका नेपालले विप्लवलाई शान्तिपूर्ण राजनीतिमा आउन आग्रह गरेका छन् । राज्यले पनि नियन्त्रणमुखी दिशामा लाग्नु गलत भएको उनले सरकार तानाशाही बाटोमा जान नहुने जनाए ।
बालुवाटार जग्गा प्रकरणमा दोषी ठहर भए नेकपाका महासचिव विष्णु पौडेललगायत सबैलाई कारबाही हुनुपर्ने वरिष्ठ नेता नेपालले जनाए । सरकारले सबै ठीक भएको छ भन्ने र प्रतिपक्षले सबै बेठिक भइरहेको छ भन्ने दुवै दृष्टिकोण आफूलाई चित्त नबुझेको उनले जानकारी दिए। उनले पार्टीको पोलिट व्युरो गठनलगायत कार्यविभाजनको काम निकट भविष्यमा हुने विश्वास समेत व्यक्त गरेको जानकारी दिए।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा