सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ, जेठ ५ । राष्ट्रियसभाको आजको बैठकमा राष्ट्रयि सरोकार तथा समन्वय समितिका सभापति दिलकुमारी रावलले समतिकिो प्रतिवेदन प्रस्तुत गरिन् ।
समतिले सातवटै प्रदेशमा सम्पन्न गरेको तहगत राज्य संरचनाको विकास समन्वय वषियक अन्र्तक्रियाबाट आएका सुझाव प्रतिवेदनमा उल्लेख छ ।
सो समतिकिा सदस्यमा इन्दु कडरयिा, कोमल ओली, खमिलाल भट्टराई, खेमराज नेपाली, जीवन बुढा, दीपा गुरुङ, बद्रीप्रसाद पाण्डे, रमेशप्रसाद यादव, राजकुमार कुँवर, रामचन्द्र राई, रामप्रति पासवान र सुरेन्द्र पाण्डे रहेका छन् ।
सङ्घ, प्रदेश र स्थानीय तहगतका सरकारका क्षेत्राधकिार, सीमा, दायत्वि एवं जिम्मेवारी सम्बन्धमा प्रतिवेदनले सरकारलाई सुझाव दिएको छ । कानून, कर्मचारी व्यवस्थापन, प्राप्त अनुदान, आन्तरकि स्रोत परिचालन, आयोजना तर्जुमा कार्यान्वयनमा सरकारी भूमकिाका बिषयमा प्रतिवेदनले सुझाव दिएको छ ।
सङ्घीयता सफल कार्यान्वयन गर्न सङ्घको भूमकिाले समयमै नीति, कानून तथा मापदण्ड नर्मिाण गर्नुपर्ने, साझा अधकिार बिषयलगायत शासन सञ्चालनका वषियमा नेतृत्वदायी भूमकिा हुनुपर्ने प्रतिवेदनले सुझाव दिएको छ ।
यसैगरी स्थानीय तह र सङ्घका बीचका समन्वयकारी भूमकिा प्रदेशले खेल्नुपर्ने, स्थानीय आवश्यकतामा आधारति योजना तर्जुमा र सफिारसि गर्नुपर्ने र स्थानीय तहले स्थानीय आवश्यकता पहचिान गरी योजना तर्जुमा गर्नुपर्ने सुझाव समेत प्रतिवेदन दिएको छ ।
प्रतिवेदन सङ्घ, प्रदेश र स्थानीय तहका बीचमा कानूनी, नीतगित, आयोजना छनोट, स्रोत पहचिान र परिचालन निरन्तर समन्वय र सहकार्य हुनुपर्ने सुझाव दिएको छ ।
विद्येयक सर्वसम्मत स्वीकृत
बैठकले ‘सङ्घ, प्रदेश र स्थानीय तह (अन्तरसम्बन्ध व्यवस्थापन)’ विद्येयक २०७५ लाई सर्वसम्मतिले स्वीकृत गरेको थियो । प्रधानमन्त्री केपी शर्मा ओलीका तर्फबाट न्याय, कानून तथा संसदीय मामलिामन्त्री भानुभक्त ढकालले राष्ट्रयिसभाको आजको बैठकमा सो विद्येयक प्रस्तुत गरेका थिए ।
विधेयकको सैद्धान्तकि पक्षमाथिको छलफलमा वृषेशचन्द्र लाल, रामनारायण वडिारी, बद्रीप्रसाद पाण्डे, अनतिा देवकोटा, जीतेन्द्रनारायण देव, प्रकाश पन्त, प्रमलिा कुमारी, डा.वमिला राई पौडेल, जीवन बुढाले भाग लिएका थिए ।
छलफलमा उठेको जिज्ञासाको जवाफ दिँदै मन्त्री ढकालले संवधिानलाई मूल आधार बनाई विधेयक आएको स्पष्ट पार्दै संवधिानसित बाँझिने गरी विद्येयक नआएको बताए ।
उनले संवधिानले सङ्घ, प्रदेश र स्थानीय तहलाई दिएको अधिकारलाई विद्येयकले कहीँ कतै खुम्च्याउने काम नगरेको स्पष्ट पारे । राष्ट्रयिसभाको अर्को बैठक सोमबार ६ गते दिनको १ बजे बस्नेछ । रासस
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा