सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
बुटवल, जेठ ३ । दिगो विकास लक्ष्यका लागि सहकारी भन्ने मूल नाराका साथ बुटवलमा भएको समृद्ध प्रदेश निर्माणका लागि व्यवसायिक गोष्ठीले आज उद्घाटन गर्दै मुख्यमन्त्री शंकर पोखरेलले सिमान्तकृत समुदायको जीवन स्तर माथि उठाउनेतर्फ सहकारीहरु लाग्नु पर्ने जनाएका छन् ।
सहकारीहरुको काम स्थानीय आर्थिक स्थिति न्युन भएका व्याक्तिहरुको जीवनस्तर माथि उठाउनुपर्ने भएको भन्दै यसलाई व्यापारीकरण नगर्नको लागि पाँच नं प्रदेशका मुख्यमन्त्री पोखरेलले आग्रह गरेका छन् ।
बचत तथा ऋणको नाममा सहकारीहरुले मिनि बैंक जस्तै चर्को ब्याज अशुल्ने, व्यापारीकरण गर्ने कार्यमा लागेको भन्दै उक्त कार्य तत्काल रोक्नुपर्ने मुख्यमन्त्री पोखरेलले जनाएका छन् ।
मुख्यमन्त्री पोखरेलका अनुसार सहकारीहरुलाई स्थानीय तहसँग जोडेर विकास गर्नुको विकल्प नभएको बताए। कृषिलाई आधुनिकीकरण गर्नको लागि सहकारीहरुको मुख्य भूमिका रहेत पनि यसमा सोचेजस्तो गरी विकास नभएको जनाए ।
कार्यक्रममा केन्द्रीय सहकारी महासंघका अध्यक्ष तथा नेपाल सरकारका पूर्वमन्त्री केशव बडालले सहकारीहरुले नेपालमा गरेको कार्य उत्कृष्ट रहेको जनाए ।
सबैको साथ र सहयोग प्राप्त भएमा अझै धेरै कार्य गर्न सक्ने धारणा समेत उनले राखे। ५ नम्बर प्रदेश भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री आरती पौडेलले प्रदेश सरकारले केही नमुना कार्यको सुरुवात गरेको बताइन् ।
कार्यक्रममा सहकारी विज्ञ डा.खगराज शर्मा, राष्ट्रिय सहकारी संघका अध्यक्ष केशव बडाल, नेपाल सरकार सहकारी तथा गरिबी मन्त्रालयका सचिव गोपीनाथ मैनालीले कार्यपत्र प्रस्तुत गरेका थिए ।
सो कार्यक्रममा प्रदेश ५ का विभिन्न जिल्लाबाट सहकारीकर्मीहरु, विभिन्न संघ–संस्थाका प्रमुख तथा प्रतिनिधिहरु, प्रदेशसभा सदस्यहरुले सहभागिता जनाएको थियो ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा