सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
बुटवल, जेठ १ । मोटरसाइकलको ठक्कर बाट एक बालक गम्भिर घाइते भएको छ । मध्यपहाडी लोकमार्ग अन्तर्गत बडिगाड गाउँपालिका वडा नं ६ ठूलाबेंशीमा सोही गाउँपालिका वडा नं.६ घ्वाँगका १३ वर्षीय अमृत थापालाई लु ३१ प ३६०९ नं कोमोटरसाइकलले ठक्कर दिएको हो ।
घाइतेको अवस्था गम्भिर भएकोले हेलिकप्टरमार्फत पोखरा पुर्याई मणिपाल अस्पतालमा उपचार सुरु भएको घाइतेसँगै रहेका वडा अध्यक्ष मौसमकाजी क्षेत्रीले जानकारी दिए । घाइते बालक अचेत रहेको र आसिसियुमा राखेर उपचार गराइरहेको अस्पताल श्रोतले जानकारी दिए ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा