सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
चेन्नईका कप्तान महेन्द्र सिंह धोनी र मुंबईका कप्तान रोहित शर्मा दुबै जनाले आज इतिहास रच्नको लागी केबल एक कदम पछाडि छन् । धोनी र रोहित दुबै नै तिन÷तिन पटक आइपीएलको उपाधि जीती सकेका छन् र जसले आज ट्रफी उचाल्नेछ इतिहासमा चौथो यानी सबैभन्दा धेरै उपाधि आफनो नाम गर्ने रेकर्ड बनाउनेछ । हैदराबादको राजिव गान्धि इन्टरनेशनल स्टेडियममा आइपीएल २०१९ को फाइनल म्याच बेलुका ७ बजेर ३० मिनेट खेलीनेछ ।
चेन्नईले धोनीको कप्तानीमा बर्ष २०१०, २०११ र २०१८ मा आइपीएलको उपाधि आफनो नाम गरेका थिए जबकि रोहितको कप्तानीमा मुबईले २०१३, २०१५ र २०१७ मा उपाधि जितेको थियो ।
पछिल्लो बर्ष यानी २०१८ मा दुई बर्षको प्रतिबन्ध पछि चेन्नईको पुनरागमन भयो र यो टिमले धोनीको कप्तानीमा फेरी सावित गरेको थियो कि अनुभव कहिले पनि फिक्का हुदैन । यो बर्ष धोनीले आफनो टिमलाई तेस्रो पटक उपाधि दिलायो र भने अहिलेको च्याम्पियन हो । अब धोनीको टिम च्याम्पियन बनीरहनेछ वा उपाधि मुंबईको नाम हुनेछ यो त केही समयमा नै्र तय हुनेछ, तर यहाँ एउटा कुरा जरुर उब्जनेछ फाइनलमा मुंबई विरुद्ध चेन्नईको रेकर्ड खिन्न बनाउने रहदै आएको छ ।
पछिल्लो ११ सिजनमा यी दुबै टिम फाइनलमा तीन पटक भिडिसकेको छ जहाँ मुबईले २ पटक र चेन्नईले १ पटक जित हासिल गरेको थियो । पुरै आइपीएल खेलको कुरा गर्ने हो भने मुबईले चेन्नई विरुद्ध कुल १६ म्याच जीतेको छ जबकि चेन्नईले मुंबईलाई ११ म्याचमा हराएको छ । यसको अलावा प्लेअफ र नकआउट म्याचमा दुबै टिमको रेकर्ड ४/४ को छ यानी दुबैले एक–अर्का विरुद्ध ४/४ म्याच जितेको छ ।
इतिहासको आकडा मुंबईको पक्षमा छ भने यो सिजनमा पनि मुबईले चेन्नईलाई तिन पटक हराएको छ । पहिला २ लिग प्रतिस्पर्धामा र फेरी क्वालीफायर एक मा । हरेक पटक धोनीको सेना मुंबईको अगाडि फिक्का देखिएको छ । टसमा यो सिजनमा धोनी धेरै नै लक्कि सावित भएका छन् । उनले १६ म्याचमा कुल १२ पटक टस जितेका छन । चेन्नई आठौँ पटक आइपीएल फाइनलमा पुगेको छ भने रोहितको टिम पाँचौ पटक फाइनलमा पुगेको छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा