सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ, बैशाख २९ । गायक आर.के खत्रीको शब्द, संगीत, स्वर र रिकेश गुरुङको ऐरेन्ज रहेको गीत ‘कसरी भनुँ’ को म्युजिक भिडियो सार्वजनिक भएको छ। यो गीतमा मोडलद्धय विश्व शर्मा र नमिता भुसालको अभिनय रहेको छ । एउटा प्रेमीले व्यक्त गर्न नसकेको प्रेमको भाव समेटिएको प्रेमिल गीतको भिडियो निकै आर्कषित बनेको छ ।
विकी पुलामीको निर्देशन रहेको भिडियोमा कुन्चोक शेर्पाको छायाँकन र सतिज श्रेष्ठले सम्पादन गरेका हुन् । म्युजिक भिडियोको आधाभन्दा बढी छायाँकन अमेरिकामा गरेको छ । अमेरिकामा बसोबास गर्दै आएका विश्व र नमिताले यसअघि पनि थुप्रै गीतहरुमा एकसाथ भिडियो खेलिसकेका छन् ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा