सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं, बैशाख १३ । आज शुक्रबार पनि मुलुकका विभिन्न ठाँउमा पानी पर्नै सम्भावना रहेको छ ।
आज पनि पूर्वी क्षेत्रका भू–भागहरुमा तथा मध्य र पश्चिमका पहाडी भु–भागहरुमा आंशिकदेखि सामान्य बदली रहने मौसम पुर्वानुमान महाशाखाले जनाएको छ भने बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने छ ।
अन्य ठाँउको मौसम सामान्य रहे पनि देशका पूर्वी क्षेत्रका केहि स्थानमा तथा मध्य र पश्चिमी पहाडी भेगका थोरै स्थानहरुमा अपरान्हतिर मेघ गर्जन सहित वर्षाको संभावना रहेको विभागले जनाएको छ।
त्यस्तै रातिको मौसम मुलुकको पहाडी भू–भागमा आंशिक बदली र बांकी भु–भागमा सामान्यतया सफा रहनेछ ।
यस्तो छ महाशाखाले जारी गरेको ३ दिनको मौसम पुर्वानुमान
बैशाख १३ गते (शुक्रबार):
दिउँसोः देशका पूर्वी क्षेत्रका भू-भागहरुमा तथा मध्य र पश्चिमका पहाडी भु-भागहरुमा आंशिक देखि सामान्य बदली रहनेछ भने बांकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ । देशका पूर्वी क्षेत्रका केहि स्थानमा तथा मध्य र पश्चिमी पहाडी भेगका थोरै स्थानहरुमा अपरान्हतिर मेघ गर्जन सहित वर्षाको संभावना रहेको छ।
राति: देशको पहाडी भू-भागमा आंशिक बदली र बांकि भु-भागमा सामान्यतया सफा रहनेछ । देशका पहाडी भू-भागका एक/दुइ स्थानमा मेघ गर्जन सहित हल्का वर्षाको संभावना रहेको छ।
बैशाख १४ गते (शनिबार):
दिउँसोः देशको पूर्वी तथा मध्य भूभाग र पश्चिमका पहाडी भु-भागमा आंशिक देखि सामान्य बदली र बांकि भु-भागमा मौसम सामान्यतया सफा रहनेछ । देशको पूर्वी भूभागको थोरै स्थानहरुमा र मध्य तथा पश्चिमी पहाडी भू-भागका एक/दुइ स्थानमा अपरान्हतिर मेघ गर्जन सहित हल्का वर्षाको संभावना रहेको छ।
राति:देशको पूर्वी भूभाग तथा मध्य र पश्चिमका पहाडी भु-भागमा आंशिक बदली र बांकि भु-भागमा मौसम सामान्यतया सफा रहनेछ । देशका पहाडी भू-भागका एक/दुइ स्थानमा मेघ गर्जन सहित हल्का वर्षाको संभावना रहेको छ।
बैशाख १५ गते (आइतबार):
दिउँसोः देशको पूर्वी तथा मध्य पहाडी भु-भागमा आंशिक बदली र बांकि भु-भागमा मौसम सामान्यतया सफा रहनेछ । देशको पूर्वी भूभागको थोरै स्थानहरुमा अपरान्हतिर मेघ गर्जन सहित हल्का वर्षाको संभावना रहेको छ।
राति: देशको पहाडी भेगमा आंशिक बदलि र बाँकी भू भागमा मौसम सामान्यतया मौसम सफा रहने छ |
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा