सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं, बैशाख १३ । शहीद धर्मभक्त राष्ट्रिय पत्याप्रोपण केन्द्र दुघपाटी भक्तपुरले ठूलो संख्यामा डाक्टर र नर्सको दरखास्त आव्हान गरेको छ।
रिक्त पदहरु खुल्ला र समावेशी प्रतियोगीताबाट पदपूर्ति गर्नुपभर्ने भएकाले मानव अंग प्रत्यारोपण विकास समिति कार्मचारी प्रशासन नियमावली २०६८ अनुसार योग्याता पुगेका नेपाली नागरिकहरुबाट दरखास्त आहवान गरेको छ ।
केन्द्रका अनुसार कन्सल्टेन्ट नवौ तहका लागि एक जनाको माग गरिएको छ भने मेडिकल अफिसरका लागि १० जना मागेको छ र ९६ जना नर्सको पनि माग गरेको छ।
दरखास्त फारम www.hotc.org.np बाट डाउनलोड गरी हालसालै खिचिएको फोटो टासी दरखास्तसँग आफुले प्राप्त गरेको शैक्षिक योग्यता, तालिम, अनुभव र नेपाली नागरीकताको प्रमाणपत्रहरुको प्रतिलिपिसाथ केन्द्रको कार्यालयमा बुझाउन सकिनेछ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा