सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
सुर्खेत । कर्णाली प्रदेश सरकारले आब २०७६/७७ का लागि रु ३० अर्बको बजेट ल्याउने तयारी गरेको छ ।
आर्थिक मामिला तथा कानून मन्त्रालयले चालू आवमा खर्च हुन नसकेको बजेटसमेत जोडेर आगामी वर्षका लागि उक्त आकारको बजेट ल्याउने तयारी गरेको हो ।
बजेट तयारीका लागि मन्त्रालयले जिल्लास्तरमा छलफल कार्यक्रम आयोजना गरिरहेको छ । आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वालाले यस वर्षको बजेट कार्यान्वयनमा देखिएका समस्याबाट पाठ सिकेर आगामी वर्षका लागि परिणामुखी बजेट ल्याउने बताए ।
सङ्घीय सरकारले आगामी आवका लागि बजेट ‘सिलिङ’ पठाइसकेको छ । वित्तीय समानीकरणमा रु नौ अर्ब ८४ करोड ८३ लाख र राजश्व बाँडफाँटमा रु सात अर्ब ४४ करोड ४३ लाखको सिलिङ तोकिएको छ ।
मन्त्री ज्वालाले चालू आवमा खर्च हुन नसकेको रु साढे तीन अर्ब यही बजेटमा समावेश गरेर रु ३० अर्ब हाराहारीको बजेट ल्याउने तयारी भइरहेको जानकारी दिए ।
चालू आवमा प्रदेश सरकारले रु २८ अर्ब २८ करोडको बजेट ल्याएको थियो । पूर्वाधार, कानूनी संरचना र कर्मचारी अभावका कारण चालू आवमा बजेट कार्यान्वयन हुन नसकेकाले आगामी वर्ष यी समस्या नदोहोरिने उनले प्रस्ट पारे ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा