सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
फाइल फोटो
यज्ञराज उपाध्याय/ डडेल्धुरा, बैशाख ११ । डडेल्धुरामा बुधबार बिहानै बस दुर्घटना भएको छ । धनगढीबाट बझाङ तर्फ गैरहेको कर्णाली रिभर यातायातको ना ६ ख १८३१ नम्बरको बस डडेल्धुराको गन्यपाधुरा गाउँपालिका १ साहुखर्क स्थित भिमदत्त राजमार्गमा बिहान करिब ४ बजेको समय दुर्घटनाग्रस्त हुदा ७ जनाको मृत्यु भएको र २० जना भन्दा बढी घाइते भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ ।
प्रहरीका अनुसार बस सडकबाट २ सय मिटर तल खसेको थियो । मृतक र घाइतेहरुको सनाखत भने हुन सकेको छैन । अहिले घटनास्थलमा जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रमुख, शसस्त्र प्रहरी लगायत सुरक्षाकर्मिहरुको समूह पुगिसकेका छन र घाइतेहरुलाई अस्पतालहरुलाई लगिएको छ ।
घटनाको अनुसन्धान भैरहेको र थप मृतक वा घाइतेहरु छन या छैनन हेरफेर गरिरहेको प्रहरीले जनाएको छ । घटनाको बिस्तृत जानकारी भने आउन बाकी छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा