सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
श्रीलंकन सरकारले विस्फोट पछि उसको बारेमा झुटो खबरलाई रोक लगाउनको लागी फेसबुक र इंस्टाग्राम जस्ता सोशल मिडिया मञ्चमा आइतबार रोक लगाएको छ । राष्ट्रपति सचिवालयले एक बयानमा भनेको छ कि सोशल मिडियामा रोक्ने निर्णय झुठो खबर फैलाए पश्चात गरीएको हो ।
सचिवालयले भनेको छ कि सुरक्षाबल यी विस्फोटको विषयमा सघन जाँच गरीरहेको छ र जाँच पुरा नभएसम्मको लागी सोशल मिडिया माथिको रोक यथावत रहनेछ । राष्ट्रपति मैत्रीपाल सिरिसेनाको कार्यालयले ट्विट गर्दे भनेको छ कि राष्ट्रपति मैत्रीपालले देशमा संयम एवं धैर्यता अपनाउन तथा झुटो खबरमा नपर्न अपिल गरेका छन् ।
श्रीलकाको कानुन प्रवर्तन निकायले विस्फोट पश्चात मानिसहरुलाई आफनै घरमा बस्न, विस्फोट स्थल तथा अस्पतालमा नजानको लागी अपिल गरेको छ । उसले यो पनि भनेको छ कि भण्डारनायके अन्तराष्ट्रिय विमानस्थलबाट गईरहेका मानिसहरुलाई अतिरिक्त सुरक्षा प्रतिक्रियालाई मध्यनजरमा राख्दै प्रस्थान समयभन्दा कम्तिमा ४ घण्टा पहिला नै पुग्नु पर्नेहुन्छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा