सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाण्डौँ, बैशाख २ । हास्यकलाकार केदार घिमिरे ‘माग्ने बुढा’ प्रबल जनसेवाश्री पदकबाट सम्मानित भएका छन् । आइतबार एक कार्यक्रमबीच राष्ट्रपति विद्यादेवी भण्डारीले उनलाई पदकसहित सम्मानित गर्नु भएको हो ।
कलाकारितका क्षेत्रबाट समाजमा रुपान्तरणमा महत्वपूर्ण भूमिका निर्वाह गरेका कारण हास्यकलाकार केदार घिमिरे ‘माग्ने बुढा’लाई प्रबल जनसेवाश्री पदकले सम्मान गरिएको हो ।
सम्मान ग्रहण गर्दाका फोटोहरु राख्दै माग्ने बुढोले लेखेका छन्
“सधैं यस्तै अलिकति निहुरिन पाउं । छाति तन्काएर कसैका सामु घमण्ड नगरुॅ ।सानो भईयो भने जता पनि अटाईन्छ ,ठुलो हुँदा कतै अटाईंदैन ।त्यसेले सधैं सानै हुन पाउँ । हंसाईरहन पाउॅ। “प्रबल जनसेवा श्री ” बाट विभूषित हुन पाएकोमा नेपाल सरकारलाई धन्यवाद । कर्तब्य पथमा निरन्तर लाग्ने प्रण गर्दछु।”
सधैं यस्तै अलिकति निहुरिन पाउं । छाति तन्काएर कसैका सामु घमण्ड नगरुॅ ।सानो भईयो भने जता पनि अटाईन्छ ,ठुलो हुँदा कतै…
Posted by Kedar Prasad Ghimire on Sunday, April 14, 2019
यो सम्मान केदार घिमिरेसहित किरण केसी ‘रातामकै’, नन्दकृष्ण जोशी, दिनेश अधिकारी, आकाश अधिकारी, वैकुण्ठ महत, पशुपति शर्मालगायतलाई गरिएको थियो ।
नेपाल सरकारबाट यो सम्मान प्राप्त भएसँगै आफ्नो काँधमा थप जिम्मेवारी आएको कलाकार केदार घिमिरेले बताए । उनले प्रवलजनशेवाश्री पदकका लागि आफूलाई योग्य ठानस् सम्मान प्रदान गरेको प्रति नेपाल सरकारलाई धन्यवाद ज्ञापन गरेका छन् ।
हरेक वर्ष नेपाल सरकारले विभिन्न क्षेत्रबाट समाज रुपान्तरणमा योगदान पुर्याउने व्याक्तिहरुलाई सम्मान गर्दै आएको छ । सो अवसरमा राजनीतिज्ञ, समाजसेवी, पूर्व प्रधानन्यायाधीशदेखि कलाकार र पत्रकारलाई समेत सम्मान गरिएको थियो।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा