सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
गायिका प्रमिला तामाङ र ‘लैबरी सिङगिङ स्टार’ सिरज २ का विजेता सुरज लोहनीको स्वरमा रहेको ‘आँखा झिमिक्कै’ बोलको गीत युट्युबमा सार्वजनिक भएको छ । गीतमा दिपक रमणको शब्द तथा संगीत छ ।
सनसाइन प्रोडक्सन प्रा.लि.ले निर्माण गरेको भिडियोमा सुशान्त श्रेष्ठ, निमा शेर्पा, सविता खड्गी र सानु शेर्पा फिचर्ड छन् । गायिका प्रमिला र गायक सुरजलाई पनि भिडियोमा देख्न सकिन्छ ।
नारायण लामाको निर्देशन रहेको गीतको भिडियोमा सुमन तामाङको कोरियोग्राफी छ । कोरियोग्राफर तामाङले नै भिडियोको सम्पादन पनि गरेका हुन् । यस गीतबाट आफूले निकै आश गरेको गायक लोहनीले बताए ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा