सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
आज मिति २०७५ साल चैत ९ गते, तदनुसार इश्वी सन् २०१९ मार्च २३ तारिख । शकसंवत् १९४०, विरोधकृत् संवत्सर, उत्तरायण, वसन्त ऋतु । नेपाल संवत् ११३९ चिल्लागा, चैत्र कृष्णपक्ष, तृतीया तिथि शनिबार।
मेष
घरका समस्या समाधान हुनेछन् । नयाँ रोजगारीको खोजी हुनेछ । पुराना विवादित विषयको टुङ्गो लाग्नेछ । रजो गुण बढ्नेछ । दामपत्य जीवनमा सुखानुभूति हुनेछ । देश,देशान्तरका बन्ध व्यापारबाट आम्दानी राम्रै हुनेछ । बैदेशिक कार्य सफल हुने देखिन्छ । पढाई लेखाईमा प्रगति हुनेछ । गायन,कला सहित्यमा रुची बढ्नेछ।
वृष
रिस,डाहा गर्ने बढि हुनेछन् । गोप्य सूचना नचुहाउनु होला पछि आफैलाई अप्ठ्यारो पर्नेछ । संघर्षबाट सफलताका सिढि चढ्न पाईनेछ । व्यापार व्यवसायमा क्रमिक सुधार आउनेछ । पहिचान नभएका व्यक्तिसँग आर्थिक करोवार नगर्नु होला । शैक्षिक गतिविधि कम हुनेछन् । प्रतिश्पर्धाबाट नभागि अगाडि बढ्नु होला।
मिथुन
आफुमा भएको ज्ञान शिपको प्रयोग गर्न पछि नपर्नु होला । समयमा निर्णय लिन सकिएन भने आफ्नो कामबाट अरुले फाइदा लिने छन् । आलस्यता बढ्नेछ । पढाईका साथै बाहिरी काममा चासो बढ्नेछ । व्यापार व्यवसायबाट अल्प लाभ हुनेछ । चल सम्पतिको अभावमा काम गर्न गाह्रो हुनेछ । धन दिएर आफन्तलाई टाढा नबनाउनु होला।
कर्कट
सहयोग माग्नेको संख्या बढ्नेछ । विवादित काममा हात नहाल्नु होला । धन सम्पतिको विषयलाई लिएर बढि टाउको दुखाई हुनेछ । घरपरिवारमा समस्या आउन सक्छ । व्यापारमा मन्दि आउनेछ । समस्या घट्ने भन्दा बढ्ने देखिन्छ । धन खर्च बढ्नेछ । मनोरञ्जनात्मक काम बढि हुनेछन् । पारिवारिक जमघट बढ्नसक्छ।
सिंह
आफ्नै बाहुबलबाट आर्थिक उन्नति हुनेछ । बाहिरी कामलाई कम प्राथमिकता दिनु होला । साहास,धैर्यता र पराक्रम बढ्नेछ । घर परिवारबाट सहयोग मिल्नेछ । व्यापार व्यवसायमा सुधार आउनेछ । धन दिएर कोहि आपनो बन्नेछैन । अध्ययन अध्यापन कार्यमा प्रगति हुनेछ । बौद्धिक व्यक्तित्व सँग भेटघाट हुनेछ।
कन्या
कमाईमा भन्दा रमाईमा बढि ध्यान केन्द्रित हुनेछ । ईष्टमित्रबाट सहयोग पाईनेछ । घर परिवारमा सामान्य समस्या आउन सक्छन् । घरका समस्या मिलाउन समय लाग्नेछ । ऋण लगानीमा जोड नदिनु होला । संचित धन खर्च हुनेछ । व्यापार व्यवसायमा आएको मन्दि कायम रहला । हतारमा गरेका काम विग्रिने छन्।
तुला
शारीरिक एवं मानसिक रुपमा काम गर्न सक्षम हुनु हुनेछ । भोज भतेर तथा सभा सम्मेलनमा भाग लिने अवसर मिल्नेछ । रोकिएका काम बन्ने छन् । व्यापारमा क्रमिक सुधार आउनेछ । पढाई लेखाईमा प्रगति हुनेछ । वौद्धिक व्यक्तित्व सँग भेटघाट हुनेछ । लोभमोह बढ्नेछ । ईष्टमित्र साथी भाईबाट सहयोग पाईनेछ।
वृश्चिक
उपलब्धिका काम भन्दा खर्चका काम सहज रुपमा हुनेछन् । घुमफिर रमाईलोमा दिनका अधिकाँश समय खर्च हुनेछ । इज्जतमा दाग लाग्न सक्छ सतर्क रहनु होला । बोलिको प्रभाव घट्नेछ । पढाई लेखाईमा अवरोध आउनेछ । व्यापार व्यवसायमा गिरावट आउनेछ । लगानी नबढाउनु होला गरेमा डुब्नेछ।
धनु
भाग्यले साथ दिनेछ । नोकरीमा पदोन्नति तथा राजनीतिमा अग्रसरता बढ्नेछ । आकस्मिक आम्दानीको योग देखिन्छ । कहि कतैबाट पुस्कार मिल्न सक्ने कुरालाई नकार्न सकिन्न । परिवारमा सुख शान्ति मिल्नेछ । गरेका कामबाट धेर थोर लाभ लिन सकिनेछ । सामाजिक इज्जत प्रतिष्ठा बढ्नेछ । सहयोगी मन भेटिने छन् ।
मकर
समयको गतिसैग काममा सुधार आउनेछ । विवादित काममा हात नहाल्नु होला । काम गर्ने जोश जागर बढ्नेछ । तपाईको कामबाट अरु पनि प्रभावित हुने छन् । सामाजिक प्रतिष्ठ बढ्ला । नोकरी तथा राजनीतिमा अवसरको खोजी हुनेछ । हतारमा कुनै पनि निर्णय नलिनु होला । सहि निर्णयको अभावमा पूर्ण लाभ लिन सकिने छैन।
कुम्भ
धर्म कर्ममा ध्यान जानेछ । आफ्ना काम भन्दा अरुका काम बढि हुने छन् जसका कारण धेरै काम अधुरा रहने छन् । गरेका काम आलोचित हुनेछन् । समस्याबाट पीडित हुनुपर्ला । अनावस्यक खर्चमा वृद्धि हुनेछ । पढाई लेखाईमा सामान्य प्रगति हुनेछ । मानसिक तनावमा कमि आउनेछ । पुण्य कमाउने काम हुनेछ।
मिन
कर्म क्षेत्रबाट बाहिरिने अवस्था आउन सक्छ सचेत रहनु होला । विश्वासको संकट पर्नेछ । सोचाईको विपरित काम हुन सक्छन् । मानसिक चिन्ता बढ्नेछ । पढाई लेखाईमा ध्यान जाने छैन । व्यापार व्यवसायमा गिरावट आउनेछ। स्वास्थ्यमा समस्या आउन सक्छ । नयाँ क्षेत्रमा लगानी नबढाउनु होला । आर्थिक कारोवारमा ध्यान दिनुहोला।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा