सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
तपाईले इतिहासमा कैयौ यस्ता रानिहरुको विषय पढ्नुभएको होला जो केबल आफनो सुन्दरताको लागी प्रसिद्ध थिए र इतिहासको पानामा उनको सौदर्यता अहिले पनि अमर रहेको छ । आज हामी तपाईलाई यस्तै एउटी राजकुमारीको बारेमा बताउन गईरहेका छौ जो विश्वको सबैभन्दा सुन्दर राजकुमारीको नामबाट विश्वभर प्रख्यात छिन् ।
मिश्र देशको राजकुमारी क्लियोपट्रालाई केबल उनको सुन्दरताको लागी मात्रै चिनिदैन उनको जिवनको रहस्यले गर्दा पनि उनलाई सबैले चिन्दछन् । जसले आज पनि खोजकर्ताहरुलाई उनीप्रति आकर्षित गर्छ । क्लियोपट्र जति सुन्दर थिइन, त्यो भन्दा कैयौ धेरै चतुर र षड्यन्त्रकारी पनि थिइन ।
पिताको मुत्युपछि केबल १४ बर्षको उमेरमा क्लियोपट्र र उनका भाई टोलेमी दिोनिसस लाई संयुक्त रुपमा राज्य प्राप्त भयो । भाईको राज्यमा क्लियोपट्रको सत्ता सहि नसक्नु भयो जसले विद्रोह शुरु गर्यो । क्लियोपट्रले आफनो सत्ताबाट हात झिक्नु पर्यो र सीरियामा शरण लिन पर्यो तर यी राजकुमारीले आफनो साहस भने छोडिनन् ।
रोमका शासक जुलियस सीजरलाई आफनो मोह जालमा फसाएर क्लियोपट्रले मिश्रमा आक्रमण गराइन र सीजरले टोलेमीलाई मारेर क्लियापट्रलाई मिश्रको राजसिंहासनमा बसाए ।
क्लियोपट्रको मुत्युमा पनि एक विशेष रहस्य जोडिएको छ । रोमन राज्यको पहिलो सम्राट अगस्टसले क्लियोपट्रको हारमा आफनो शासन स्थापीत गरका थिए । शोधको अनुसार, जब अगस्टससँग आफनो सम्मानमा बर्षको एक महिनाको नाम आफनो नामबाट राख्ने मौका थियो त क्लियोपट्राको हारको एक बार्षिक अनुस्मारक बनाउनको लागी उनले आठौ महिना चुने, जसमा क्लियोपट्राको मुत्यु भएको थियो ।
अगस्टस क्लियोपट्रालाई रोममा एक बंदीको रुपमा राख्न खोजीरहेका थिए । तर उसलाई रोक्नको लागी क्लियोपट्राले आत्महत्या गरीन । यसबाट स्पष्ट हुन्छ कि क्लियोपट्रा आफनो मायाको लागी मरेकी थिइनन् । क्लियोपट्राले आफु लज्जीत भएर तथा असहाय भएर हिंसा झेल्नुको सट्टा मुत्युलाई चुनिन् । क्लियोपट्रा आज इतिहासमा एक यस्तो रहस्यमयी ब्यक्तिको रुपमा रहेकी छिन जुन रहस्यको पर्दा हटाउने शिलशिला अहिलेसम्म रोकिएको छैन ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा