सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
भिभोले नयाँ स्मार्टफोन भीभो भी१५प्रो नेपाली बजारमा ल्याएको छ । भीभोको यो नयाँ फोनको विशेषताको कुरा गर्ने हो भने भीभो भी१५प्रो मा इन–डिस्प्ले फिंगरप्रिन्ट सेन्सरसँग पप अप सेल्फी क्यामरा पाइनेछ जुन ३२ मेगापिक्सलको छ ।
भीभो भी१५प्रो को स्पेसिफिकेशन
भीभो भी१५प्रो को स्पेसिफिकेशनको कुरा गर्ने हो भने फोनमा ६.३९ इन्चको फुल एचडी प्लस सुपर एमोलेड डिस्प्ले पाइनेछ । यसको अलावा फोनमा क्वालकम को स्न्यापड्रागन ६७५ प्रोसेसर पाइनेछ र इन–डिस्प्ले फिंगरप्रिन्ट सेन्सर पनि दिइएको छ । फोनमा ६ जीबी र्यामसँगै १२८ जीबी को स्टोरेज छ, जसलाई २५६ जीबीसम्म मेमोरी कार्डको मद्यतले बढाउन सकिन्छ ।
भीभो भी१५प्रो को क्यामरा
क्यामराको कुरा गर्ने हो भने यो फोनमा रियर प्यानलमा ३ वटा क्यामरा रहेको छ जसमा एक क्यामरा १२ मेगा पिक्सलको, दोस्रो ८ मेगापिक्सलको वाईड एंगल र तेस्रो ५ मेगापिक्सलको डेप्थ क्यामरा हुनेछ । यो फोनमा ३२ मेगापिक्सलको फ्रन्ट क्यामरा हुनेछ जुन पप अप स्टाइलमा हुनेछ । यसमा ९१.६४ प्रतिशत स्क्रीन टु बडि रेसियो रहेको छ जसले गेमिंग र भिडियो हेर्न सहजता मिल्नेछ । यसको वाईड क्यामराले १२० डिग्रिसम्मको फोटो खिच्न सकिने बनाएको छ । यसमा एआई बडि सेपिंग फिचर पनि राखिएको छ ।
नयाँ फिचरहरु
एआई पावर अन गर्नको लागी भीभो भी१५प्रो को साइडमा भएको नयाँ स्मार्ट बटम प्रयोग गरे पुग्छ । एक क्लिकमा गुगल असिस्ट्यान्ट, दुई क्लिकमा जोभी इमेज रिकोग्नाइजर प्रयोग गर्न सकिन्छ । भी१५प्रोमा गुगलसँगको सहकार्यमा तयार पारीएको भ्वाईस कमाण्ड पनि राखिएको छ जसले तपाईको आवश्यकता अनुसारको जवाफ दिन्छ । यसको साथै एआई फेस ब्यूटि, फोन मेमोरी क्लिनअप, खोजी लगायतको कार्य कमाण्डबाट नै गर्न सकिन्छ ।
गेम मोड ५.०
भी१५प्रो मा भएको अपग्रेड गरिएको गेम मोड ५.० लाई गेम खेल्न चाहनेहरुको लागी उत्कृष्ट सावित हुनेछ । यसमा कम्पिटिसन मोड राखिएको छ, जसले गेम परफर्मेन्सको लागी ड्यूल टर्बोसँगै फोनको सिस्टम छुट्याउछ जसले गर्दा सहजरुपमा गेम खेल्न सकिन्छ ।
भीभो भी१५प्रो को कनेक्टिभिटि
भीभो भी१५प्रो मा ३७००एमएएच को ब्याट्रि पाइनेछ जुन डुअल इंन्जिन फास्ट चार्जिङलाई सपोर्ट गर्नेछ ।
भीभो भी१५प्रो नेपाली बजारमा टोपाजु ब्लू कलर अप्सनमा उपलब्ध पाइनेछ भने फागुन २४ गतेबाट बजारमा उपलब्ध हुनेछ । यो स्मार्टफोनको अधिकतम नेपाली बजार मुल्य ५२,४९० तोकिएको छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा