सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं, फागुन ९ । ‘डा। तालिमेरेन टीओ फुटबल च्याम्पियनसिप’ फुटबलको दोस्रो खेलमा नेपाली टोलीले भारतको टोलीलाई ८–० को फराकिलो अन्तरले पराजित गरेको छ।
भारतको गुवाहाटीमा जारी २१ वर्षमुनिको खेलमा बिहीबार नेपालको एन्फा–११ टोलीले त्रिपुरा फुटबल टोलीमाथि जित दर्ता गरेको हो ।
खेलमा नेपालका अभिषेक रिजाल एक्लैले ४ गोल गरे । त्यसैगरी, प्रेजन तामाङले २ तथा रेजिन सुब्बा र धीरज श्रेष्ठले १÷१ गोल गरे ।
बुधबार पहिलो खेलमा भने एन्फा टोली मेघालयसँग ३–२ ले पराजित भएको थियो ।
तेस्रो खेलमा नेपाली टोलीले शनिबार मणिपुरसँग खेल्नेछ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा