सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ, फागुन ४ । चलचित्र क्याप्टेन को नयाँ गीत सार्वजनिक भएको छ । ओएस आर डिजिटलको युट्युब च्यानल मार्फत अनमोलको क्याप्टेन को दोस्रो गीत कर्ली कर्ली सार्वजनिक भएको हो ।
अहिलेकी चर्चित गायिका मेलिना राई र एसडी योगीको आवाज रहेको यस ुकर्ली कर्लीु नामक गीतमा गायक एसडीको आफ्नै शब्द तथा संगीत रहेको छ ।
गीतको भिडियोमा नायक अनमोल केसी, उनका पिता तथा सदाबहार नायक भुवन केसी साथै चर्चित र सबैको प्रिय नायिका निरुता सिंह फिर्चड छन् । भिडियोको कोरियोग्राफी कोरियोग्राफर तथा निर्देशक समेत रहेकी रेनशा वान्तवा राईले गरेकी छन् । गीतमा अनमोल, भुवन कसी र निरुताले निकै नै आकर्षक नृत्य गरेका छन् ।
फागुन १७ गतेबाट रिलिज हुने यस फिल्ममा अनमोल केसीको साथमा उपासना सिंह ठकुरी, प्रियंका एमभी, सुनिल थापा, प्रशान्त ताम्राकार, विल्सन विक्रम राई मुख्य भूमिकामा छन् । दिवाकर भट्टराईको निर्देशनमा तयार भएको फिल्ममा सुदिप बरालको छायाङ्कन रहेको छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा