सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
पाकिस्तानको एक विश्वविद्यालयले भ्यालेन्टाइन डे को ठाउँमा सिस्टर्स डे मनाउने घोषणा गरेको छ । यहाँ भ्यालेन्टाइन डे लाई पश्चिमा देशको संस्कृतिको हिस्सा भन्दै बहस शुरु गरीएको छ । पंजाब प्रान्तमा कृषि विश्वविद्यालय फैसलाबाद (यूएएफ) ले युवाहरुको बिच पुर्वी देशको संस्कृति र इस्लामी परम्परालाई बढावा दिनको लागी यो निर्णय लिइएको बताएको छ ।
विश्वविद्यालयको वेबसाइटमा उप–कुलपति जफर इकबाललाई उद्धित गर्दे लेखीएको छ “हाम्रो संस्कृतिमा महिलाहरु धेरै शक्तिशाली छन र उनीहरुलाई दिदि–बहिनि, आमा, छोरी र पत्नी भएको नाताले सम्मान मिल्छ” ।
उनले अगाडि भने “हामी आफनो संस्कृतिलाई विर्सिरहेका छौ र पश्चिमी संस्कृति हाम्रो समाजमा जरा गाडिरहेको छ” ।
वेबसाइटमा जारी गरीएको बयानमा भनिएको छ “विशवविद्यालय १४ फेब्रुवरी अथवा भ्यालेन्टाइन डे को दिन महिला छात्राहरुलाई विश्वविद्यालयको चिन्ह भएको स्क्याप, सल र गाउन बाड्ने योजनामाथि विचार गरिरहेको छ” ।
विश्वविद्यालयका प्रवक्ता कमर बुखारीले सोमबार बताए अनुसार यूएएफ आफनो १४,००० छात्राहरु मध्ये कम्तिमा १,००० छात्राहरुलाई शिर ढाक्ने स्कार्फ बाड्नको लागी दान मागिरहेको छ । उनले भनेका छन् कि यो बदल्नुको प्रमुख कारण महिलाहरु प्रतिको सम्मानलाई सुनिश्चित गर्नु हो । भ्यालेन्टाइन डे पछिल्लो समय पाकिस्तानका युवाहरु विच लोकप्रिय भईरहेको छ । कैयौ युवाहरु यो दिन आफनो प्रेमिकाहरुलाई कार्ड, चकलेट र उपहारहरु दिएर मनाउछन् ।
२०१७ मा इस्लामाबाद हाईकोर्टले देशभरमा सार्वजनिक ठाउँ र सरकारी कार्यालयमा भ्यालेन्टाइन डे मनाउन रोक लगाएको थियो । गएको बर्ष देशको मिडियाहरु जस्तै टिभि, रेडियो स्टेशनलाई भ्यालेन्टाइन डे का समाचारहरुलाई बढावा नदिनको लागी चेतावनी समेत जारी गरिएको थियो । यद्यपी, सोशल मिडियामा विश्वविद्यालयको यो घोषणाको चर्को विरोध गरिरहेका छन् ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा