सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाण्डौँ, पुस ३० । नेपाल एसबिआई बैंकले ५% वोनश शेयर तथा १०.७९% नगद लाभांश गरी १५.७९ % लाभांश दिने भएको छ ।
सोमबार बैंकको त्रिभुवन आर्मी अफिसर्स क्लब, भद्रकालीमा सम्पन्न २५ औँ वार्षिक साधारणसभाले उक्त लाभांस पारीत गरेको हो ।
साथै सभाले बैंकको आ.व. २०७४/७५ को संचालक समितिको प्रतिवेदन, वार्षिक आर्थिक विवरण (आषाढ मसान्त २०७५ को वासलात, आ.व. २०७४/७५ को नाफानोक्सान हिसाब र सोही अवधीको नगद प्रवाह विवरण लगायत वार्षिक आर्थिक विवरणसँग सम्बन्धित अनुसूचीहरु) समेत पारित गर्यो ।
बैंकले आ.व. २०७४/७५ मा २७६.१७ करोड संचालन मुनाफा र २०२.३५ करोड खुद मुनाफा हासिल गरेको थियो ।
साधारणसभाले बैंकको सहायक कम्पनी “नेपाल एसबिआई मर्चेण्ट बैकिङ्ग लि.” को आ.व. २०७४/०७५ को वित्तीय विवरण सहितको एकीकृत वित्तीय विवरण समेत स्वीकृत गरेको छ ।
उक्त सधारणसभाले आ.ब. २०७५/७६ को बैंकको लेखापरीक्षण गर्नका लागि मेशर्स पिकेएफ टि.आर. उपाध्याय एण्ड कं., चाटर्ड एकाउण्टेन्ट्लाई लेखापरीक्षकमा नियुक्ती एवं निजको पारिश्रमिक अनुमोदन गरेको छ । साथै, उक्त सभाले बैंकको प्रबन्धपत्र तथा नियमावलीका विविध दफा÷नियममा संशोधन गर्ने प्रस्ताव पनि पारित गरेको छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा