सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
पाकिस्तानी सेना प्रमुख जनरल कमर जावेद बाजवाले आइतबार १५ आतंककारिहरुलाई मुत्युदण्डको सजायलाई मंञ्जुरी दिएका छन् । मुत्युदण्ड पाउनेहरुमाथि आम नागरीक र सुरक्षा कर्मिहरुको हत्या लगायत २०१६ मा एक ईसाई बस्तीमा आत्माघाती आक्रमणको षड्यन्त्र रचेको आरोप लगाइएको थियो । बाजवाले गएको सेप्टेम्बरमा पनि ११ आतंककारीलाई फाँसी दिन आदेश दिएका थिए ।
तालिबानको एक जमात जमात–उर–अहरार का चार आत्मघाती आक्रमणकारीहरुले सेप्टेम्बर, २०१६ मा पेशावरको नजिकै रहेको इसाई बस्तीमा आक्रमण गरेका थिए । यो बस्ती सेनाको छाउनी बाहिर रहेको छ । आक्रमण भए लगतै सुरक्षाकर्मीहरुले जवाफी कारवाही गर्दे सबै आक्रमणकारीहरुलाई मारेका थिए ।
जमात–उर–अहरार को सदस्य इबरारले यो आक्रमणको योजना बनाएका थिए र सबै आक्रमणकारीहरुलाई विष्फोटक दिएर आक्रमणमा सहभागी गराएका थिए । आक्रमणकारीहरुले अदालतमा आफनो अपराध कबुल गरेका थिए । पाकिस्तानी सेनाको मिडिया विंग इन्टर सर्भिसेज पब्लिक रिलेशन (आइएसपीआर) का अनुसार, “यी आतंककारीहरुको आक्रमणमा ३४ जनाको मुत्यु भएको थियो । यी मानिसहरुलाई विशेष सैन्य अदालतले सजाय सुनाएको थियो” ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा