सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाण्डौ, मंसिर १७ । एनआईसी एशिया बैंकको नायब प्रमुख कार्यकारी अधिकृतमा सुधिरनाथ पाण्डे नियुक्त भएका छन् । बैकको सोमबार बसेको ३८० औं सञ्चालक समितिको बैठकले बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत सुधिरनाथ पाण्डेलाई नायब प्रमुख कार्यकारी अधिकृतमा बढुवा गरेको हो ।
२०४६ साल मंसिरमा तत्कालिन नेपाल ग्रीण्डलेज बैंक लिमिटेडबाट आफनो बैंकिङ्ग करियर शुरु गरेका पाण्डेले विभिन्न बैंकहरु तथा एनआई सी एशिया बैंकको विभिन्न विभागहरुमा लामो समय देखि विभागीय प्रमुखको भूमिका कुशलता पूर्वक निर्वाह गर्दै आउनु भएको छ ।
पाण्डेले प्रमुख कार्यकारी अधिकृत रोशनकुमार न्यौपाने सँगै बैंकको दीर्घकालिन रणनीति तर्जुमा तथा सोको प्रभावकारी कार्यान्वयनमा उल्लेखनिय भूमिका निर्वाह गर्दै आउनु भएको छ ।
पाण्डेले आजै बाट आफनो पदभार ग्रहण गरेका छन् । पदभार ग्रहण गर्दै पाण्डेले “बैंक पनि, साथीपनि, राम्रो पनि, हाम्रो पनि” भन्ने बैंकको मूल नारालाई आत्मा साथ गर्दै समृद्घ नेपाल, सुखी नेपालीको राष्ट्रिय अभियानमा बैंकको तर्पmबाट उल्लेखनिय योगदान पु¥याउने जानकारी गराउनुभयो ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा