सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
राजेन्द्र आचार्य/ चितवन, ३ मंसिर । स्व. प्रकाश दाहालको प्रथम स्मृति दिवस चितवनमा विशेष रुपमा मनाईएको छ ।
तत्कालीन माओवादी केन्द्र र एमाले निकट ४ संस्था मिलेर चितवनमा प्रकाश दाहाल स्मृति प्रथम खुल्ला रक्तदान कार्यक्रम सम्पन्न गरिएको छ ।
सोे अवसरमा १२ जना महिलासहित १ सय ३ जनाले रक्तदान गरेको अखिल क्रान्तिकारीका केन्द्रिय सचिव प्रकाश कडेँलले जानकारी दिए ।
नेपाली राजनिति फरक पहिचान बनाएका प्रकाशले देखेको सपना अनुसार पार्टी एक भएपछि आफुहरु सबै एकजुट हुदै कार्यक्रम गर्न पाउदा आफुहरु प्रकाशले देखेका बाटो अनुसार अगाडी बढ्ने प्रतिक्रिया दिएका थिए ।
वाईसीएल, युवा संघ, अनेरास्ववियु र अनेरास्ववियु क्रान्तिकारी चितवनद्वारा संयुक्तरूपमा लायन्सचोक नारायणगढमा आयोजित खुल्ला रक्तदान कार्यक्रमको एक समारोहका विच नेकपाका केन्द्रिय सदस्य इश्वरी भट्टराईले उद्धघाटन गरेका थिए । भने कार्यक्रममा नेकपाका जिल्ला नेता नेजेन्द्र कुमार खड्का विशेष अतिथि रहेका थिए ।
सो अवसरमा वाईसीएल चितवनका अध्यक्ष मधु न्यौपानेले रक्तदान गर्दै कार्यक्रमको सुरुवात गरेका थिए ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा